झापा ।
झापाको बिर्तामोडमा रहेको एक्टीभ नाइन नाम संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बुद्धशान्ति गाउँपालिका–५ स्थित रिद्धीसिद्धी ज्येष्ठ नागरिक चौतारीमा रहेका ज्येष्ठ नागरिकहरुलाई लौरो हस्तान्तरण गरेको छ ।
संस्थाका अध्यक्ष गोविन्द निरौलाको सभापतित्वमा भएको कार्यक्रममा नागरिक चौतारीका अध्यक्ष इन्दिरा रिजालको प्रमुख आतिथ्य रहेको थियो ।
संस्थाका सदस्य सुरेश खतिवडाले स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वर्तमान समयमा यूवा पुस्ता अत्यन्त व्यस्त रहने र इच्छा हुँदा हुँदै पनि अभिभावकहरुलाई सोचे अनुसारको समय दिन नसक्ने भएकोले ज्येष्ठ नागरिकहरु भेला भई एक आपसमा दुःख–सुख बाँड्ने उचित स्थान ज्येष्ठ चौतारी स्थापित भएको वताए ।
लौरो ज्येष्ठ नागरिकको साहारा भएको भन्दै प्रत्यक्ष व्यक्तिको अनुपस्थितिमा ज्येष्ठ नागरिकलाई लौराले ठूलो सहारा प्रदान गर्ने भएकोले एक्टीभ नाइनले लाौरो वितरण गरेको बताइएको छ । कार्यक्रमको संचालन सचिव भानुभक्त खनालले गरेका थियो ।
वि.सं.२०७४ सालमा स्थापित यस संस्थाले झापामै पहिलो पटक शंख ध्वनी प्रतियोगिता समेत संचालन गरिसकेको छ भने “परम्परागत वाजा हामी सवैको साझा” भन्दै नौमती वाजाको संरक्षणार्थ सांकेतिक रुपमा वाजा समेत बजाइसकेको छ ।
यस अघिका स्थापना दिवसमा झापा नाटक घरमा “एक व्यक्ति एक इटा” कार्यक्रममा सहयोग, रक्तदान कार्यक्रम लगायतका गतिविधि सञ्चालन गर्दै आएको समूहले गत वर्ष छैटौं स्थापना दिवसमा शिवसताक्षी–११, सताक्षीधाममा रहेको गोलोक गोवद्र्धन गौशालामा चोकर हस्तान्तरण गरी मनाएको थियो ।