बिर्तामोड ।
झापामा रहेका ३८ वटा शैक्षिक परामर्श संस्थाबीचमा जापानीज भाषा परीक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जापानबाट मान्यता प्राप्त एन–५, एन– ४ र एन–३, लेभलका जापानीज भाषा सम्बन्धीका कोर्षहरु झापामा रहेका तीन वटा सेन्टरहरूबाट भाषा परीक्षा सञ्चालन हुने अनुमतिसहित दुई–दुई महिनामा परीक्षा हुँदै आएको छ ।
जापानीज भाषा परीक्षण गर्न अनुमति प्राप्त संस्थाको रूपमा स्थापित जेएलसीटीले जिल्लाभर रहेका शैक्षिक परामर्श संस्थाहरू बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमले जापानमा अध्ययन र काम गर्न दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ समन्वय र सहकार्यको माध्यमबाट संस्थामा आबद्ध परामर्शदाताबीचमा एक दिने अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जेएलसीटीका अध्यक्ष खड्गबहादुर ताम्लिङ लिम्बले बताए ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य भएको कार्यक्रममा झापाका अध्यक्ष तामिङले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा जेएलसिटी नेपालका डाइरेक्टर प्रमोद लिम्बू, जेएलसिटी मेनेजर विवेक पाठक, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा अध्यक्ष रोशन सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा इक्यान झापाका संस्थापक अध्यक्ष सुमनशर्मा जमर कट्टेल, निवर्तमान अध्यक्ष मिलन ओली, निवर्तमान उपाध्यक्ष मदनकुमार बुढाथोकी, इक्यान झापाका उपाध्यक्ष राजकुमार कार्की, सचिव अशोक भण्डारी, कोषाध्यक्ष चुडामणि प्रसाई इपी इक्यानका केन्द्रीय उपाध्यक्ष अर्जुनकुमार बस्नेत, इक्यान झापाका अनुशासन विभाग प्रमुख तुलसी पाठक लगायतको आतिथ्य रहेको थियो ।
भाषा परीक्षामा सहभागिता जनाउन काठमाडौं जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै सन् २०२० बाट जेएलसिटी झापाले मान्यता पाएसँगै अन्य कन्सल्टेन्सीहरूमा अध्ययन गरेर परीक्षा दिन आउने विद्यार्थीहरूलाई सहजीकरण गर्दै आएको छ ।
कार्यक्रममा साझेदार संस्थाहरूलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण सञ्जय बस्नेतले गरेका थिए ।