बिर्तामोड,
गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोक मारुनी गीतको म्युजिक भिडियो बिमोचन भई ओएसआर डिजिटल युटुब च्यानलबाट गीत रिलिज भएको छ।
गायिका पबित्रा ओलीको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न कार्यक्रममा साहित्यकार तथा गीतकार केशव आचार्यले गीतको बिमोचन भएको थियो।
मारवाडी भाषामा गीत कबिता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आउनु भएका गीतकारको यो पहिलो नेपाली लोक मारुनी गीत हो भने गीतकारको दर्जनौ गीतहरु रेकर्डिङ भई स्रोता दर्शकको माझ आइसकेका छन ।
गायक निरज पोखरेल र गायिका मेलिना राइको स्वरमा रहेको गीतको सङ्गीत भने गायक पोखरेलकै रहेको छ। कार्यक्रममा यसै गीतमा प्रमुख अभिनय गर्ने माही शर्माको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा गीतकारको तर्फबाट सत्यनारायण तायलले बिमोचन भएको गीतको बारेमा चर्चा परिचर्चा गर्नु भएको र गायिका ओली र गायक पोखरेलले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा साहित्यकार टंक बिकल्प ,माधब पौडेल, ओम प्रकाश भट्टराई , गायक उमेश पाण्डे, प्रदीप महतो,निमेष शिवाकोटी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम संचालन गीतकार तथा साहित्यकार लबकुश गौतमले गर्नुभएको थियो ।