अर्जुनधारा ।

झापाको अर्जुनधारा–६स्थित बालकल्याण आधारभूत विद्यालयको २४औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाले उद्घाटन गरेका थिए । विद्यालयको पृष्ठभूमि एवम् वर्तमान अवस्था बारे प्रधानाध्यापक डम्बर यादवले जानकारी गराएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा संस्थापक सदस्यद्वय नरप्रसाद प्रसाईं र धनबहादुर खाती, पूर्व अध्यक्षद्वय लोकनाथ गौतम र दीवाकरलाल चौधरी, चन्दादाताद्वय उषा प्रसाईं र रमेश प्रसाईं, सरस्वती मन्दिर निर्माणकर्ता दाता राधा सुब्बा, कमलादेवी अक्षयकोषका संरक्षक पुष्प भेटवाल, पूर्व विद्यार्थी एवम् चलचित्र निर्माता प्रताप मेचे रहेका छन् ।

त्यसैगरी अन्य सम्मानित हुनेहरुमा पूर्व शिक्षकहरु कौशिला रेग्मी, अनिता न्यौपाने, दिपीका सेन्च्युरी, अपेक्षा भट्टराई र टिका रिजाल तथा वर्ष उत्कृष्ट शिक्षक–२०७८बाट सम्मानित सीता श्रेष्ठ, वर्ष उत्कृष्ट शिक्षक–२०७९बाट सम्मानित देउमाया दाहाल र वर्ष उत्कृष्ट शिक्षक–२०८० बाट सम्मानित मदनकुमार निरौला रहेका छन् ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ अर्जुनधाराका सचिव टंक न्यौपानेलगायतले मन्तव्य राखेका थिए । विद्यालयकी सहायक प्रधानाध्यापक देउमाया दाहालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक भेषराज अधिकारीले गरेका थिए ।