युक्रेनबाट फर्किएका नेपाली भन्छन- भारतीय दलालले फसायो

0
42

योगेन्द्र योगी
बिराटनगर,

दलालको प्रलोभनमा परी युक्रेन पुगेका दुई नेपाली युवा नेपाल फर्किएका छन् । विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दोलखाका ३९ वर्षका शेर साम्बो शेर्पा र तेह्रथुमका २९ वर्षका फुर्वा शेर्पा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।

भारतको नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा युक्रेन पुर्याईएका उनीहरु गैरआवासी नेपाली संघ(एनआरएनए) को सहयोगमा नेपाल आइपुगेका हुन्। फेसबुक र टिकटकमा देखेको विज्ञापनलाई आधार मानेर बिश्वास गर्दा ९ महिनासम्म युकेनी सेनाको कब्जामा रहनु परेको उनीहरुले गुनासो गरेका छन्।

नेपाल फर्कदै गर्दा दोलखाका शेर साम्बो शेर्पाले भने,’खासमा यो सबै मजाक- मजाक मै भयो हाम्रो युक्रेन जाने इनटेन्सन नै थिएन’ भारतीय दलालले फसायो।’ अहिले नेपाली तथा भारतीय दलालहरुले विभिन्न सामाजिक संजालको पर्यो गरेर ठगी गरिरहेको र आफूहरु पनि त्यस्तै ठगीमा परेर पढन पाईने र कमाई पनि हुने प्रलोभनमा परेर त्यहाँ पुगेको तेह्रथुमका फुर्वा शेर्पाले बताए।

उनीहरुलाई ओर्जिनल पासपोर्ट नदिईकनै फोटो कपिको भरमा दलालले भिसा उपलब्ध गराएको थियो। सुरुमा उनीहरुलाई ९० दिनको भिसा दिएको थियो। युक्रेन नजाने भनेर नेपालमै बसिरहेको बेला भारतीय दलालहरुले यति सजिलै कसैको भिसा लाग्दैन छिट्टो आउनु नजाने भए भिसाको पैसा दिनु भनेर प्रलोभनमा पारी युक्रेन पुर्याएको उनीहरुले बताएका छन्।

त्यहाँ पुगेपछि होस्टेलमा बस्दा-बस्दा बिहिर निसकिने क्रममा युक्रेनी सेनाले चेक गर्दा पासपोर्टमा भिसा सकिएकाले नियन्त्रणमा लिएको थियो। उनीहरु गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा राखेको थियो।

त्यसपछि उनीहरुलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छाडेपछि एनआरएनएको सहयोगमा टर्किस एयरलाइन्सको फलाइट नम्बर टीके २७४ मार्फत माल्दोवाबाट नेपाल ल्याउन सफल भएको एनआरएनए अध्यक्ष डा. बद्री केसीले बताए।

उनीहरुलाई स्वगत गर्न एनआरएनए पदाधिकारीहरु त्रिभुवन विमानस्थल पुगेका थिए। उनीहरुको उद्धारको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायत, प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग सबैलाई एनआरएनएले धन्यवाद व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here