सार्वजनिक शौचालय निर्माण गर्न सुन्दरहरैंचा विराट एक्स्पो

0
31

योगेन्द्र योगी
बिराटनगर,

मोरङको सुन्दरहरैंचामा चौथो संस्करणको ‘सुन्दरहरैंचा विराट एक्स्पो ४ ’ हुने भएको छ । सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा सुन्दरहरैंचा १० को विराटचोकमा माघ ३० देखि फागुन १० गतेसम्म एक्स्पो हुने भएको हो ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै नगर क्षेत्रमा आठवटा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पोको आयोजना गर्न लागिएको सुन्दरहरैंचा विराट एक्स्पो – ४ का संयोजक भोलेश्वर दुलालले जानकारी दिए। नगरमा यसअघि दुई वटा सार्वजनिक शौचालय निर्माण भइसकेका छन् भने दुई वटा निर्माणधीन छन् ।

नगरको हरैंचा र खोर्सानेमा निर्माणाधीन सार्वजनिक शौचालयलाई पूरा गर्ने र थप चारवटा निर्माण गर्ने लक्ष्यसाथ एक्स्पो ४ आयोजना गर्न लागेको संयोजक दुलालले बताए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रहेका उनका अनुसार १५ करोड ६२ लाखमा आठ वटा सार्वजनिक शौचालय निर्माणको डिपिआर तयार भएको थियो ।

जसमध्ये विराट चोक र सलकपुरमा सार्वजनिक शौचालय सञ्चालनमा आइसकेको छ भने खोर्साने र हरैंचामा सञ्चालनको अन्तिम अवस्थामा पुगेका पत्रकार सम्मेलन मार्फद जानकारी दिए। थप चार वटा निर्माण गर्नका लागि खर्च जुटाउन एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको र अहिले स्टल बनाउने काम भइरहेको बताए। चार करोड खर्च हुने अनुमान गरिएको एक्स्पोको तीन लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले बताए।

एक्स्पोमा १९४ स्टलहरू रहने उल्लेख गरिएको छ । जसमा ११४ वटा बिजनेस स्टल, ४० वटा एग्रिकल्चर स्टल, १५ वटा अटोमोबाइल स्टल, १६ वटा होटलका स्टल तथा मुख्य प्रायोजक, प्रायोजक र सहप्रायोजकका ९ वटा स्टल रहने भएका छन् ।

विद्यार्थीहरूको लागि दिउँसो ३ बजेसम्म निःशुल्क प्रवेश दिइने एक्स्पोमा नगरपालिकास्तरीय नृत्य, सङ्गीत प्रतियोगिताहरूसहित दैनिक सांस्कृतिक प्रदर्शनहरू प्रस्तुत गरिनेछ । खेलकुद प्रतियोगिता, साहित्य उत्सव, योग तथा ध्यानका साथै शारीरिक सुगठनसम्बन्धी जानकारी र जनचेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

दिउँसो ३ बजेसम्म प्रति व्यक्ति १०० रुपैयाँ र ३ बजेपछि २०० रुपैयाँ टिकट दर राखिएको सो एक्स्पोमा टिकटबाट २ करोड रुपैयाँ उठाउने लक्ष्य रहेको आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघले १० वर्षका लागि करिब ३ बिघा जग्गा भाडामा लिएर एक्स्पो सञ्चालन गर्न लागेको हो ।

आगामी दिनमा मेला लगाउने मात्र नभएर बहुप्रयोजनका लागि सो जग्गा उपयोग गर्न स्थायी घेराबारा, शौचालय, गेट र मञ्च बनाइने भएको छ । यसअघि सुन्दरहरैंचामा २०६६ साल, २०७३ साल र २०७६ सालमा एक्स्पो सञ्चालन भएका थिए । एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here