बिर्तामोड ।
नेपाल बहुउद्देयीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले एक दिवसीय सदस्य शिक्षा तालिम सम्पन्न गरेको छ।
बिर्तामोड-१०स्थित संस्थाको सैनिकमोड सेवाकेन्द्र अन्तरगत एकाइ नं.१ का उपस्थित सम्पूर्ण सेयर सदस्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सैनिकबजार सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम दंगालले अौचित्यसहित स्वागत गरेका थिए।
कार्यक्रममा संस्थाका प्रशिक्षक तथा सहकारी पसल व्यवसायगत उपसमिति सदस्य मुना कुंइकेलले प्रशिक्षण प्रदान गरेकी थिइन्। उनले सहकारीको सफलतामा सदस्यको भूमिका, सदस्य बन्नु अघि तथा सदस्य बनेपछि ध्यान दिनुपर्ने कुरा, सेवा सुविधा, उद्यमशीलतालगायत विषयमा जानकारी गराएकी थिइन्। त्यस्तै सैनिकबजार सेवाकेन्द्र कर्जा तथा सामुदायिक विभाग प्रमुख सम्झना गौतमले संस्थाको परिचय, वित्तीय झलक, एनएमसीद्वारा सञ्चालित बहुव्यवसाय र तिनको वर्तमान अवस्थालगायत विषयमा सहजीकरण गरेकी थिइन्।
कार्यक्रममा संस्थाका बिर्ताअर्जुन क्षेत्रीय समन्वय उपसमिति सदस्य मनु मुखियाले सदस्य शिक्षा तालिमको अवसरलाई सक्रियातापूर्वक उपयोग गरी असल सदस्यको जिम्मेवारी पूरा गर्न तथा यसका सेवा सुविधाबाट लाभान्वित बन्न सहभागीलाई आग्रह गरेका थिइन्।
कार्यक्रममा सहभागीका तर्फबाट श्रीप्रसाद शिवाकोटीले कार्यक्रमबाट संस्थाका बारेमा अत्यन्त उपयोगी जानकारी प्राप्त गर्नुको साथै एनएमसीसँग निर्धक्कभई आर्थिक कारोबार गर्न आफूहरु विश्वस्त भएको प्रतिक्रिया दिएका थिए।
शिक्षा तथा तालिम उपसमितिको आयोजनामा बिर्तामोड -१० स्थित जर्मनटोलमा सम्पन्न कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति सदस्य रत्नबहादुर बस्नेत, सीतादेवी राई, एकाइ उपसमिति संयोजक चामबहादुर लिम्बू,ओमबहादुर गुरुङ, सेवाकेन्द्र प्रमुख सन्तोष ढुंगानालगातको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कर्जा तथा सामुदायिक विभाग प्रमुख गौतमले गरेकी थिइन्।