सन्ध्याज ब्यूटी लाउन्ज एण्ड एकाडेमीको सेवा शुरु

0
853
अर्जुनधारा । 
झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा सोमबारदेखि सन्ध्याज ब्यूटी लाउन्ज एण्ड एकाडेमी सञ्चालनमा आएको छ ।
स्थानीय जोर गणेश कम्प्लेक्सको पहिलो तलामा प्रारम्भिक लगानी २४ लाख रुपैयाँको बढीको लागतमा सञ्चालनमा आएको उक्त एकाडेमी व्यवसायी सन्ध्या शिवाकोटी श्रेष्ठले सञ्चालनमा ल्याएकी हुन् ।
प्रशिक्षण केन्द्रसहितको उक्त एकाडेमीमा केमिकल कोर्स, ब्यूटी कोर्स, मेहन्दी, नेल एक्सटेन्सन, हेयर स्टाइल, ल्यासेस एक्सटेन्सनसँगै बेहुली श्रृंगार र स्कीन केयर, कस्मेटीक ज्वेलरीज एण्ड एसेसोरिजका सामग्रीहरु आदि पाइने सञ्चालक श्रेष्ठले जानकारी दिइन् ।
उक्त एकाडेमीको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले उद्घाटन गरेका थिए । त्यसैगरी एकाडेमी सञ्चालनको अवसर र नजिकिदै गरेको प्रेम दिवसको अवसरमा १५ दिनसम्म सेवाग्राहीलाई सेवातर्फ ३० प्रतिशत र प्रशिक्षार्थीलाई कक्षातर्फ ५० प्रतिशत छुट रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here