योगेन्द्र योगी
बिराटनगर,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अन्य पालिकाहरुले पनि मोरङको सुन्दरहरैंचाबाट केहि सिक्नु पर्ने बताएका छन्।
विराटचाेकमा बुधबार देखि शुरू भएको सुन्दरहरैँचा विराट एक्स्पाे ४ को कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले आफू जहाँ जान्छु त्यहाँ उद्योग वाणिज्य संघ तथा पालिकाका साथीहरुलाई भेट्दा तपाईहरु सुन्दरहरैंचा जानुहोस् र वहाहरुले बनाएको सार्वजनिक शौचालय हेरेर कमसेकम पालिकाको बजारहरुमा एउटा सेवा केन्द्र स्थापना गर्न सुन्दरहरैंचाबाट सिक्नुपर्छ भन्ने गरेको बताएका छन् ।
आफू पनि प्रचारको हकदार रहेको भन्दै उनले यो सार्वजनिक शौचालय निर्माण बनाउने कार्य तीव्र गतिका साथ अगाडी बढाउन र सबै क्षेत्रलाई प्रभाव पार्ने गरी काम गर्न पनि शुभकामना दिए। कोशी प्रदेश सरकार मेला महोत्सव र औद्योगिक पर्दशनी के कसरी गर्नुपर्छ भन्ने कुरामा ध्यान दिईरहेको र आगामी दिनहरुमा यस्ता खालका कार्यक्रमा ल्याउन प्रतिबद्धता समेत जनाए।
अहिले मुलुकको अर्थतन्त्रमा केहि सुधारका संकेतहरु देखिएको उल्लेख गर्दै आगामी बर्षहरुमा मेला महोत्सवलाई प्रदेश सरकारले पनि सहयोग गर्ने बताए। कोशी प्रदेश सरकारलाई उद्योगी ब्यबसायीहरुसँग जोडेर थुप्रै काम गर्ने तयारीमा रहेको बताए।
फागुन १० गते सम्म सन्चालन हुने एक्स्पोमा जुम्लाको कालो चामल देखि कृषि उत्पादन, अटो पार्टस, मोबाइल्स, खाद्य सामग्री, पहाडी क्षेत्रमा उत्पादन हुने अल्लो कपडा, कृषि औजार, मोटरसाइकल जस्ता सामग्री प्रर्दशनी एवं बिक्रीमा राखिएको छ। सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पोको आयोजना गरिएको सुन्दरहरैंचा विराट एक्स्पो – ४ का संयोजक भोलेश्वर दुलालले बताएका छन्।
दिउँसो ३ बजेसम्म प्रति व्यक्ति १०० रुपैयाँ र ३ बजेपछि २०० रुपैयाँ टिकट दर राखिएको सो एक्स्पोमा टिकटबाट २ करोड रुपैयाँ उठाउने लक्ष्य रहेको आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघले १० वर्षका लागि करिब ३ बिघा जग्गा भाडामा लिएर एक्स्पो सञ्चालन गर्न लागेको हो ।