विश्व शान्तिको कामना सहित विश्वभरका ढकाल कोटीहोममा

0
39

झापा, विश्व शान्तिको कामना सहित ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजले झापाको कनकाई–४ कोटीहोम ११ दिने महायज्ञ आयोजना गरेको छ ।
समाजको केन्द्रीय कार्यालय कनकाई–४ कोटीहोममा पत्रकार सम्मेलन गरी महायज्ञको तयारीका वारेमा जानकारी दिएको हो ।
समाजले आगामी फागुन ४ गतेदेखि १५ गतेसम्म ‘विश्वशान्ति सत्संग साधना अनुष्ठान, धान्यचल, शिव महापुराण एवं ज्ञानविज्ञान विराट महायज्ञ २०८१’ आयोजना गर्ने भएको र त्यसको तयारी गरिएको जानकारी दिएको छ ।
विश्वभर छरिएर रहेका ढकाल बन्धुहरुको सहयोगमा महायज्ञ आयोजना गर्न लागिएको ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजका केन्द्रिय अध्यक्ष डिल्लीराम ढकालले जानकारी दिए । उनका अनुसार महायज्ञ सम्पन्न गर्न अनुमानित २५ देखि ३० लाख रुपैयाँ खर्च हुनेछ भने महायज्ञबाट ६० देखि ७० लाख रुपैयाँ आम्दानी गरिने आंकलन गरिएको छ । महायज्ञबाट खर्च कटाएर भएको आम्दानीबाट अढाई कठ्ठा क्षेत्रफलमा रहेको सो मन्दिरमा तला थपसँगै उपमन्यु ऋषिको वाटीका निर्माण गरिने गरिने अध्यक्ष ढकालले बताए ।
महायज्ञमा भारत, भूटान, अमेरिका, अस्ट्रेलियालगायत विश्वभर रहेका ढकाल बन्धुहरुको सहभागीता रहने अध्यक्ष ढकालले बताए । महायज्ञ ढकाल बन्धुहरुले आयोजना गरेपनि धर्मानुरागी आमाबुबा दाजुभाई दिदीबहिनी साधुसन्त महात्मा विद्वदजन गुरुवर्गहरू इष्टमित्र छरछिमेक भान्जाभान्जी नातागोता एवं ओमकार परिवार भित्र आबद्ध सम्पूर्ण सनातन धर्मानुरागीलाई उपस्थितिका लागि अध्यक्ष ढकालले आग्रह गरेका छन् । फागुन ४ गते पूर्वाङ्ग कर्म, झाँकी एवं बाजागाजासहित १० बजे कलश यात्राका साथ नगर परिक्रमा गर्ने र १ बजे महायज्ञ उद्घाटन गरिने बताइएको छ ।
सोही दिउँसो ४ बजदेखि महायज्ञ एवं शिव महापुराण आरम्भ, ५ गते अरणी मन्थन, अग्नि स्थापना एवं हवन प्रारम्भ, दैनिक बिहान ६ बजेदेखि १२ बजेसम्म एवं दिउँसो १२ बजेदेखि ५ बजे सम्म नित्यहवन सङ्कल्पिक, लघ, मध्यम र सतमन्त्रीय हवन, ग्रह शान्ति, दैनिक बिहान ७ बजेदेखि ८ बजेसम्म नित्य पूजा, बिहान ७ बजेदेखि १० बजे सम्म पाठपारायण, बिहान १० देखी १२ बजेसम्म पुराणाचार्य पण्डित दुर्गाप्रसाद ढकाल, पं। डेगनाथ ढकाल, प। घनश्याम ढकाल, पं। सुवास ढकाल, प. तीर्थराज ढकाल, पं। गणेश ढकालद्वारा १२ बजेदेखी दिउँसो २ बजेसम्म नेपालका र अन्य देशका विद्वान अलग–अलग गुरुहरुबाट हिमवत खण्ड भित्र नेपाल महत्व, नेपालका तीर्थ नदि र धाम एवं ज्ञान विज्ञान बिषयको प्रवचन, २ बजेदेखि सगितमय शिव पुराण सम्वन्धि प्रवचन साँझ ६ बजेदेखी ७ बजेसम्म गंगा आरती, साँझ ७ बजेदेखी ९ बजेसम्म कथा माहात्मय एवं ज्ञान मञ्च भजन किर्तन, झाँकी, अतिथि सम्मान कार्यक्रम रहने पत्रकार सम्मेलनमा अध्यक्ष ढकालले जानकारी दिए । फागुन १५ गते विश्राम, पूर्णाहुती, समापन, तिलक प्रसाद वितरण एवं सम्मान कार्यक्रम गरेर समापन हुनेछ ।
भक्तजनको इच्छा अनुसार तुलादान, विवाह, धान्यन्वल, व्रतवन्ध ९उपनयन०, लक्ष्यवतीका प्रज्वलन, चौराशी पूजा, नौ ग्रहको पूजा, चिना हेर्ने, इच्छुक व्यक्तिले कर्ता बस्न सकिने, ढकाल बन्धुका एकमात्र कुलका धामी ढाक अक्षामका देवानन्द ढकाल र कुलका पुजारी चन्द्रकान्त ढकालद्वारा जोखाना हेर्ने, झारफुक गर्ने र कुलको बिषयमा पूजापाठ सम्बन्धि ज्ञान उपलब्ध गराईने उनले बताए । यस्तै महायज्ञमा श्रद्धापूर्वक सहयोग गर्ने दानविर दाताहरुलाई सम्मान गरिने छ ।
पत्रकार सम्मेलनमा समाजका उपाध्यक्ष उमानाथ ढकाल, सदस्य टेकनाथ ढकाल, लोकनाथ ढकाल, लक्ष्मी ढकाल, कल्पना ढकाल, ओमप्रकाश ढकाल, तीर्थप्रसाद ढकाल, मन्दिरका पुजारी मित्रलाल न्यौपालेलगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here