योगेन्द्र योगी
बिराटनगर,
मोरङको सुन्दरहरैंचा नगरपालिका – ५ की वडा टुन्का चौधरीको जीवनशैली फेरिएको छ।
सुन्दरहरैंचा ५ की वडा सदस्य तथा सामाजिक अभियन्ता ईन्दिरा चापागाई घिमिरेको पहलमा मानसिक समस्याका कारण कष्टकर जीवन बिताइ रहेको लट्टे भनेर चिनिने चौधरीलाई उद्धार गरी विभिन्न ब्याक्तिहरुको सहयोगमा झापा जिल्ला बिर्तामोड स्थित मायाघरमा राखिएको थियो।
उनी नागरिकता बिहिन भएकाले पटक- पटकको प्रयासबाट सबै जनाको सहयोगले बिहिबार नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचय पत्र दिलाउन सफलत भएको नेकपा एमाले वडा नं ५ का अध्यक्ष बिशाल गुरागाईले जानकारी दिए।
यसअघि उनी विगत लामो समय देखि मानसिक सन्तुलन गुमाएर बेसहारा जीवन बिताईरहेका थिए । धेरै समय अघि देखि एउटा रूखको फेदमा दुई पाता टिनको छानो लगाएर झाडी भित्र आफनो जीवन गुजारी रहेका थिए।
जस्तो बुवा,आम र दाई सबै गुमाईसकेका थिए। गाउँ घर र मुख्य सडक बजारमा अरुले फालेका फोहोर खोजेर खादै हिड्दै दैनिक आफ्नो जीवन चलाउदै आएका थिए।
अहिले नयाँ जीवन पाउनुका साथै नेपाली नागरिकता पाएसँगै उनी हर्षित भएको वडा सदस्य तथा सामाजिक अभियन्ता चापागाई घिमिरेले सुनाईन्। यस महान कार्यमा आफू जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह लगायत सबैलाई प्रति अभियन्ता चापागाईले आभार व्यक्त गरेकी छिन।