प्रज्जवलाद्वारा २१ जना सदस्यलाई विद्युतीय घरायसी सामग्री

0
65
अर्जुनधारा ।
झापाको अर्जुनधारा–८ स्थित प्रज्जवला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाले संस्थामा आबद्ध २१ जना सदस्यलाई शुक्रबार एक कार्यक्रमकोबीच विद्युतीय घरायसी सामग्री वितरण गरेको छ ।
संस्थाको २३औं वार्षिकोत्सवको सन्दर्भमा संस्थामा रहेको अपाङ्ग संरक्षण कोषबाट उनीहरुलाई उक्त सामग्री वितरण गरिएको व्यवस्थापक तुलसा कुँवरले जानकारी दिइन् ।
सामग्री पाउनेहरुमा अर्जुन समाल, अनिश सुवेदी, इन्द्रबहादुर डाँगी, ठाकुरसिंह गुरुङ, तारा श्रेष्ठ, तिलक ढुंगाना, थर्के धिमाल, दलबहादुर कार्की, धारणा कार्की, नन्दकुमारी भट्टराई, पवित्रा वि.क., मनिक गिरी, माया निरौला, राम भारती, लोकेन्द्रबहादुर श्रेष्ठ, वीरबहादुर राई, विशाल राई, सविन डाँगी, सोमबहादुर वि.क., सूर्यबहादुर श्रेष्ठ र हरिप्रसाद चिमरीया रहेका छन् ।
संस्थाका अध्यक्ष डिल्लीबहादुर घोर्साईंको अध्यक्षता र अक्षयकोषका दाता युवराज प्रसाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दाताद्वय पदमबहादुर मगर र निर्मला रिमालले मन्तव्य राखेका थिए ।
संस्थाकी उपाध्यक्ष रञ्जना कार्कीले स्वागत र सल्लाहकार दीपेन्द्र काफ्लेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here