अब यूएई र ओमानबाटै श्रम स्वीकृति

0
29

बिराटनगर,

अब संयुक्त अरब इमिरेट्स (युएई)बाटै श्रम स्वीकृति प्रदान गरिने भएको छ । अबुधाबीस्थित नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले दुबईमा पहिलो पटक वैधानिकीकरण श्रम स्वीकृति (प्रत्यक्ष अनलाइन श्रम अनुमति स्वीकृति) प्रदान गर्ने कार्यको शुभारम्भ गरेका छन्।

कार्यक्रममा बोल्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउदै लैजाने बताएका थिए ।

सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने, नेपालमा गइरहनु पर्ने झन्झटबाट मुक्त हुने,आफ्नो पेशा र व्यवसायलाई निरन्तरता दिन सकिने बताएका थिए। मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने बताए ।

उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, रेमिटेन्सको मुख्य स्रोत वैदेशिक रोजगार रहेको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकहरुको हक, हित र संरक्षणका लागि आवश्यक नीतिहरु निर्माण गरी सयमानुकुल सेवा सुविधा उपलब्ध गराउन आवश्यक रहेको समेत उल्लेख गरेका थिए।

कार्यक्रममा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकहरुका लागि दूतावासले गरिरहेका विभिन्न कार्यहरुमाथि प्रकाश पार्दै अनलाइन काम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन समेत सहज हुने बताए ।

राजदूत क्षेत्रीले दूतावासले नेपाली श्रमिकहरुको हकहित,संरक्षणमा सबै प्रतिबद्ध रहेको र सोही अनुरुप दूतार्बसमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरिरहेको बताएका थिए ।

उनले दूतावासका विभिन्न सेवाहरुलाई विगतदेखि अनलाइन प्रणालीबाट गर्ने गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा सहजता, सरलता, सुस्तदुरुस्त र छिटोछरितो हुने आउने विश्वास व्यक्त गरे। वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी दोस्रो दूतावास हो । गत हप्ता मात्र ओमानस्थित नेपाली दूतावासबाट पनि वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने सेवा शुरु भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here