जिल्ला प्रहरी कार्यालय झापामा झुन्डिएर एक प्रहरीले आत्महत्या गरे

0
78

झापा ।

 

जिल्ला प्रहरी कार्यालय झापाका एक जना प्रहरी अधिकारीले झुन्डिएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–७ बस्ने ४९ वर्षीय खतिवडाले प्रहरी ब्यारेकको माथिल्लो तलामा नाइलनको डोरीले आत्महत्या गरेका हुन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here