बिपिन जोशीको रिहाईको लागि परराष्ट्रमन्त्री राणाको हारगुहार, उपलब्धि ‘शून्य’

0
22
योगेन्द्र योगी
बिराटनगर,
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको सकुशल रिहाईका लागि कतार सरकारसँग आग्रह गरेकी छन्।
आठौँ हिन्द महासागरीय सम्मेलनमा भाग लिनका लागि ओमनको मस्कटमा पुगेकी परराष्ट्रमन्त्री राणाले कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीसँग भेट गर्दै जोशीको रिहाईका लागि सहयोग मागेकी छन्।
परराष्ट्रमन्त्री राणा हमासको बन्धकमा रहेका जोशीको सुरक्षित रिहाइ र चाँडो स्वदेश फिर्ताको लागि कतारको मित्रवत सरकारको सद्भावना र “सद्भावना” को लागि पुन: अनुरोध गरेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ। इजरायल र हमासका बीचमा मध्यस्थता गरी युद्धविराम र शान्ति वार्ताका लागि कतार सरकारले निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गरेकी थिईन्।
परराष्ट्रमन्त्री राणाले पटक -पटक कतार लगायत हमाससँग युद्धबिराम सम्झौता गराउने मुलुक सरकारलाई जोशीको रिहाईका लागि सहयोग गरिदिन आग्रह गर्दै आएको भएपनि त्यो सफल हुनसकेको छैन। गत महिना पनि कतारका लागि नेपालका राजदूत रमेशचन्द्र पौडेलले हमासद्वारा बन्धक बनाएका जोशीको रिहाईका लागि सहजीकरण गरिदिन कतारका अमिर शेख तमिम बिन हमाद अल थानी समक्ष आग्रह गरेका थिए।
तर,नेपाल सरकारले गरेको आग्रहलाई कतारले भने वेवास्था गर्दै आएको छ। युद्धविराम भएपछि हमासले बन्दीहरुलाई रिहाई गर्दै आएपनि जोशी भने परेका छैनन्। अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी कम्तीमा १० जना नेपाली विद्यार्थी मारिएका थिए भने केही घाइते भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here