बिर्तामोड ।
सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न अभियान नै सञ्चालन गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन प्रसाद सोडारी १८ महिना झापा बसाई संगै आजबाट चितवन गएका छन् ।
कारवाहीलाई मात्र प्राथमिकता नदिई जनचेतना जगाएर सवारी दुर्घटना न्यूनिकरण गर्न सकिने, बिर्तामोड बजार भित्र विशेष गरी रातको समयमा चर्को आवाज निकालेर ध्वनि प्रदुषण गराई आंतकित गराउने बुलेट प्रकृतिका मोटरसाईकललाई कारवाहीको दायरामा ल्याउन प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारी सक्रिय रुपमा लागेका थिए । शान्ति मिसन अन्र्तगत दुई बर्ष अफ्रिकी मुलुक सुडानमा समेत पुगेर सेवा गरिसकेका सोडारी सरल स्वभावका प्रहरी अधिकृत हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन सरुवा भएका सोडारीले झापाबासाईको क्रममा आफुले पूर्वका धेरै विषयलाई अध्ययन गर्न पाएको उल्लेख गरे । राष्ट्र सेवक प्रहरी भएपछि सरुवा–बढुवा समान्य प्रक्रिया भएको भन्दै प्रहरी वरिष्ठ नायव निरीक्षक सोडारीले स्थानिय जनप्रतिनिधी, सञ्चारकर्मी, सर्वसाधारण सेवाग्राही लगायतलाई विशेष धन्यवाद दिए ।