पूर्वराजा ज्ञानेन्द्रद्वारा देश बचाउने भए अब आफुलाई साथ दिन नागरिकसंग आह्वान

0
53

झापा ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै देश बचाउने भए अब आफुलाई साथ दिन नागरिकसंग आह्वाान गरेका छन् ।

प्रजातन्त्रले नागरिकको विश्वास जित्न नसकेको र जनताले आशा गर्ने शासन प्रणाली बन्न नसकेको टिप्पणी गर्दै उनले प्रजातन्त्रको सार्थकता शब्द र नारामा मात्र सीमित नभई व्यवहारमा देखिनुपर्ने बताए।

सन्देशमा शाहले राजा र जनताले मिलेर प्रजातन्त्रलाई सबल बनाउन गरेको योगदान स्मरण गर्दै प्रजातन्त्रको सफलताका लागि सबै वर्ग,समुदाय र व्यक्तिको पहिचान सुरक्षित हुनुपर्ने बताए।

पूर्वराजाले देशको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आर्थिक संकट, जनशक्ति पलायन र राष्ट्रिय पहिचान कमजोर भइरहेको उल्लेख गर्दै अब आफुलाई सहयोग गर्दै देशको रक्षाका लागि नागरिकसंग अपिल गरेका छन् ।

शाहले राष्ट्र निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने भन्दै राष्ट्रिय एकता र पहिचान जोगाउनुपर्ने आवश्यकता औंल्याए। उनले विगतका कमजोरी सच्याउँदै नेपाललाई स्थिरता, समृद्धि र सशक्त बनाउने दिशामा अघि बढ्न सबैलाई आग्रह गरे।

‘हामीले इतिहासबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘देशको रक्षा, प्रगति र समृद्धिका लागि सबै नागरिक एकताबद्ध हुन जरुरी छ। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरुलाई आह्वान गर्दछौं।’

उनले सबैलाई राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्न आह्वान गर्दै सन्देशको अन्त्यमा नेपालका लागि शुभकामना व्यक्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here