बुद्ध स्मृति एजुकेशन फाउण्डेशनको २९ औं वार्षिकोत्सव सम्पन्न

0
791

झापा, बुद्ध स्मृति एजुकेशन फाउण्डेशनले २९ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालय परिसरमा विहीवार र शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । २०५३ सालमा स्थापना भएको विद्यालयले वार्षिकोत्सको अवसर पारेर शैक्षिक र खेलकुद क्षेत्रमा अब्बल विद्यार्थीलाई पुरस्कृत समेत गरेको छ । 
विभिन्न सास्कृतिक प्रस्तुतिका साथ मनाइएको वार्षिकोत्सव कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्सालले कार्यक्रमको उद्घाटन गर्दै शुभकामना मन्तव्य राखेका थिए ।
उनले वुद्ध स्मृतिले एजुकेशन एकाडेमीले शैक्षिक क्षेत्रमा मात्र नभई अतिरिक्त क्रियाकलावका क्षेत्रमा समेत फड्को मारेको बताएका थिए ।
विद्यालयका संस्थापक कमला विमली पाठकको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक गतिविधिका विषयमा विद्यालयका प्रधानाध्यापक हरिकृष्ण पाठकले प्रकाश पारेका थिए । उनले विद्यालयमा ६ सय बढी विद्यार्थी अध्ययनरत रहेको बताउँदै समय सापेक्षा शिक्षा प्रदान गर्न बुद्धस्मृति पछि नपर्ने धारणा राखे ।

शिक्षक सवनम कार्कीले स्वागत गरेको कार्यक्रममा अभिभावकबीच समेत प्रतिष्पर्धात्मक गेम खेलाइएको थियो । सोही अवसरमा विद्यार्थीले योगा डान्स, फेसन डान्स सहितका सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रमको संचालन शिक्षक गीता रेग्मी र विद्यार्थीहरु सिम्रन कार्की तथा वर्षा नेपालीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here