‘प्रथम कमल एमाले कप ’मा वडा नम्बर ३ विजयी

0
18

कमल ।

नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न सेमिफाईनलमा खेलमा वडा नम्बर ३ विजयी भएको छ ।

नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा भैरहेको ‘प्रथम कमल एमाले कप’ कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सञ्चालन भईरहेको सेमिफाईनलमा वडा नम्बर २ लाई शुन्यका विरुद्घ ३ गोल गर्दै वडा नम्बर ३ बिजयी भएको हो ।

वडा नम्बर ३ का तर्फ बाट जर्सी नम्बर ११ का भानु सुब्बाले १ गोल र जर्सी नम्बर ७ का मनोज गुरुङले दुई गोल गर्दै आफ्नो टिमलाई फाईनलमा पुर्याउन भएको हो । आजको खेलका म्यान अफ द म्याच वडा नम्बर ३ का जर्सी नम्बर ११ का भानु सुब्बा हुनुभएको छ । सुब्बाले ट्रफि सहित नगद तिन हजार प्राप्त गर्नु भएकाने छ ।

भोलिको (शनिवार) वडा नम्बर ३ र ७ बिचका बिच फाईनल खेल दिनको २ बजे देखी केर्खा स्थित खेल मैदानमा हुने आयोजकले जनाएको छ । फाईनल खेलको उद्घाटन नेकपा एमालेका स्थाईकमिटी सदस्य तथा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्किले गर्नुहुने छ ।

फाईनल खेल हुनुभन्दा अगाडी अनेमसंघ कमल गाउँकमिटी र कमल गाउँपालिकामा नेकपा एमाल बाट निर्वाचित महिला नजप्रतिनीधी बिच मैत्री पुर्ण खेल हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here