इलाम ।
इलामको रोङ गाउँपालिका –३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ ।
इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ६४६२ नम्बरको टिपरले बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०३–००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक सूर्योदय नगरपालिका– ६ खादीगाउँका ४० का दिर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरु दबै जनाको उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको र दुवै जनाको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल ,टिपर, टिपर चालक खगेन्द्र थामीलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ ।