कलम साथी मेरो

0
32

कलम साथी मेरो
सानो–सानो चिज छ
काम ठूलो गर्छ !
मुर्ख पनि कलमले
विद्वान बन्न सक्छ !
लाखौंलाख हतियारभन्दा,
एउटा कलम तिखो !
संसारमा सबसे ठूलो !
कलम साथी मेरो !

बिहान उठ्छु कलम सँगै,
जोगाइ राख्छु रातमा !
घर, स्कूल, ट्युसन पढदा,
हुन्छ कलम हातमा !
जागिर व्यापार अफिस जाँदा
ठूलाबडाको साथमा ।
गीता भागवत रामायण लेख्ने
कलम हाम्रो आत्मा !
अन्याय र अत्याचारको
यसले काट्छ जरो !
विद्या, बुद्धि शिक्षा भर्ने,
कलम साथी मेरो !

साथी तिमी पनि बन,
कलमको साथी !
विश्वभरमा तिमीलाई यसले,
पु¥याउनेछ धेरै माथी !
जसले जति मारुन तिमीलाई,
मुक्का अनि लात्ती !
यसको साथले बाच्छौ तिमी,
फुकाएर छाती !
गुरु, शिष्य, ज्ञानीजनको,
ज्ञानको सेरोफेरो !
मेरो सुन्दर भविष्य कोर्ने
कलम साथी मेरो !
कलम साथी मेरो !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here