बिराटनगर,
कतारमा सडक दुर्घटनामा परी नेपाली युवा व्यवसायी झविन्द्र आचार्यको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका घर भई कतारमा व्यवसाय गर्दै आएका युवा उद्यमी तथा समाजसेवी आचार्यको सडक दुर्घटनामा मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कतारको हमाद हस्पिटले मृत्यु भएको गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टले जानकारी दिए।
नेपाली समुदायमा सक्रिय रहँदै आएका आचार्य गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका सहकोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष तथा गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार समेत थिए ।
उनको निधनमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै गैरआवासीय नेपाली संघ कतारले यस सस्थाका सहकोषाध्यक्ष आचार्यको असामहिक एवं अकल्पनीय दुखद निधनको खबरले अत्यन्तै स्तब्ध बनाएको संघले जारी गरेको शोक वक्तव्यमा भनिएको छ।