कोशीमा लागूऔषध कारोबारी पक्राउ अभियानः दुई दिनमा १६ पक्राउ

0
37

योगेन्द्र योगी 
बिराटनगर,

कोशी प्रदेशको बिभिन्न स्थानहरुबाट दुई दिनमा १६ जनालाई लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बेलबारी नगरपालिका-८ स्थितमा प्रहरी चौकी बाहुनीगराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलबारी-८ का २९ बर्षीय श्याम पुकार साह र २२ बर्षीय संगम महत्तोलाई ब्राउन सुगर ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ।

यसैगरी, झापाको बिर्तामोड नगरपालिका-५ बाट ३१ बर्षीय मोहमद कलिम, २४ बर्षीय मोहमद अली, बिर्तामोड-४ का ३८ बर्षीय गोपाल क्षेत्री, बिर्तामोड-३ का २९ बर्षीय सुदिप बिश्वकर्मालाई ४५० ग्राम गाँजा सहित अस्थायी प्रहरी पोष्ट बसपार्कले र कमल गाँउपालिका-४ का १८ बर्षीय प्रितम चम्लागाँईलाई निषेधित औषधी ९२ चक्की सहित इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यस्तै,वडा प्रहरी कार्यालय धरानले धरान-१५ का २३ बर्षीय मन्दिप राई, २५ बर्षीय सन्दिप राई र २२ बर्षीय करण थापालाई ट्रामाडोल ७८५ ट्याब्लेट, स्पास्पेन ८३५ चक्की सहित र इलाका प्रहरी कार्यालय जलजले उदयपुरले त्रियुगा नगरपालिका-११ का २९ बर्षीय आनन्द देव चौधरीलाई २७ एम्पुल निषेधित औषधी सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानीले प्रतिबन्धित औषधी १८० एम्पुल सहित खोटाङ लिच्किराम्चे-९ का २४ बर्षीय भविराज राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी,फागुन १० गते बिहानको राती साढे १ बजे लागुऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ की २३ बर्षीया सृजना राई, २० बर्षीया विता थापा राई र दुई जना बालिकालाई फेला पारी चेकचाँज गर्दा उनिहरुको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल २०० चक्की फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here