भूमि समस्या समाधान आयोगको सदस्यमा भुर्तेल र शेर्मा नियुक्त

0
182

झापा, भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयले भूमि समस्या समाधान आयोग झापाको सदस्यमा दुई जनालाई नियुक्त गरेको छ ।
बाह्रदशी गाउँपालिका ३ निवासी रेणुका भुर्तेल र बुद्धशान्ति ७ निवासी चक्र शेर्मा लिम्बूलाई आयोगको सदस्यमा नियुक्त गरेको हो । भूमि समस्या समाधान आयोग , २०८१ को दफा ८ को उपदाफा १ को खण्ड च बमोजिम उनीहरुलाई मन्त्री स्तरको निर्णय अनुसार सदस्य पदमा नियुक्त गरिएको मन्त्रालयका सहसचिव मदन कोइरालाले जनाएका छन् ।
भुर्तेल र शेर्मा सदस्य पदमा नियुक्त भएसंगै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा सक्रिय योगदान रहने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here