झापा, करेन्ट लगाएर माछा मार्दा झापामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका वडा नं.३ घर भएका अन्दाजी २० वर्षका सुशिल लिम्बू रहेको प्रहरीले जनाएको छ । बुद्धशान्ति नमूना बस्तीमा रहेको दामा खोलामा करेन्ट लगाएर माछा मार्दा उनलाई करेन्ट लागेको थियो ।
बुद्धशान्ति गाउँपालिका वडा नं.१ दामा खोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका कामदार लिम्बूले आफू बस्ने छाप्राबाट बिजुलीको तार जोडी माछा मार्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति १०ः५० बजे मृत्यु भएको हो ।