बिराटनगर,
झापा, मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ उर्लाबारी नगरपालिका-६ का ३२ बर्षीय सन्नी लामालाई ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर, सुनबर्षी नगरपालिका-१ का २२ बर्षीय सनम तामाङलाई १ ग्राम ४४० मिलिग्राम र पथरी शनिश्चरे नगरपालिका-६ का २२ बर्षीय अनिल राईलाई २ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
यसैगरी,कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलिले पाचँथर मिक्लाजुङ गाँउपालिका-५ का २६ बर्षीय बिशाल भुजेललाई ट्रमाडोल-१४० क्याप्सुल, स्पासेन-१४० चक्की सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-५ का ५२ बर्षीय देवी प्रसाद बुढाथोकीलाई ५६० ग्राम गाजाँ सहित पक्राउ गरेको जनाएको छ।
यस्तै, सुनसरीको वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले धरान उप-महानगरपालिका-१५ का २६ बर्षीय गणेश राई, २५ बर्षीया भिम कुमारी बिश्वकर्मा र ३० बर्षीय आशिष खातीलाई ट्रमानिल-११ सय ९४ क्याप्सुल, स्पासपेन-१४ सय ९० ट्याब्लेट, स्पासरेष्ट-७, डेकोलिक -११ सय ७५ र मेडोमोल-८ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको जनाएको छ।
यसैगरी, धरान उप-महानगरपालिका-८ स्थितबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । तीनकुने चेक प्वाईन्ट स्थित भित्री सडक-खण्डमा अस्थायी प्रहरी चौकी तिनकुनेबाट गस्तीमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा धरानबाट ईटहरी तर्फ जादै गरेको बागमती ८३ प २९०४ नम्बरको मोटरसाईकलमा सवार धनकुटा सहिद भुमी गाँउपालिका-२ का २१ बर्षीय सुरेश सिवालाई २९ किलो गाँजा सहित पक्राउ गरेको जनाएको छ।
यस्तै, जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-१२ का १९ बर्षीय दिलिप घिमिरेलाई डाईजेपाम- ६, फेनार्गन -६, आईपिपिएल-६ गरी १८ एम्पुल सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेको उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।