बिराटनगर ।
चौलागाई प्रतिष्ठान मोरङको अध्यक्षमा उमाकान्त चौलागाई निर्बिरोध निर्वाचित भएका छन्।
बुधबार भएको प्रतिष्ठानको बार्षिक साधारण सभाले चौलागाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको हो। प्रतिष्ठानको उपाध्यक्षमा घनेन्द्र चौलागाई,महिला उपाध्यक्षमा तारा चौलागाई,सचिवमा यज्ञ राजा चौलागाई र कोषाध्यक्षमा सन्दिप चौलागाई निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
प्रतिष्ठानको सदस्यहरुमा नेत्र प्रसाद चौलागाई,रेवता चौलागाई,तुलसी चौलागाई, तीर्थ चौलागाई लगायतलाई निर्वाचित गरेको निर्वाचित सदस्य नेत्रप्रसाद चौलागाईले जानकारी दिए।
नवनिर्वाचित अध्यक्ष उमाकान्तले आफूलाई निर्बिरोध निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै चौलागाई प्रतिष्ठानको हकहितको लागि डटेर लाग्ने प्रतिबद्धता व्यक्त गरे।