बिर्तामोड ।
झापाकाो बिर्ताामोडमा शुक्रबार एकदिने शैक्षिक मेला हुनेभएको छ ।
बिर्तामोडस्थित ट्रष्ट एजुकेशन फाउण्डेशनको आयोजनामा शैक्षिक मेलाको आयोजनाा गरिएको ट्रष्ट एजुकेशन फाउण्डेशन झापाका प्रमुख मिलन ओलीले जानकारी दिए ।
शैक्षिक मेलामा युरोपका उत्कृष्ट विश्वविद्यालयको बारेमा जानकारी दिइने छ । सुइडेन, डेनमार्क, फिनल्याण्ड, नेदरल्याण, बेल्जियम तथा युकेका विभिन्न विश्व विद्यालयका बारेमा जानकारी दिइने प्रबन्ध निर्देशक ओलीले बताए ।
युरोपियन देशहरूमा डिपेन्डेन्टसँग कसरी जान सकिन्छ, कानुनी प्रक्रिया कस्ता छन् लगायतका विषयमा जानकारी दिइने बताइएको छ । बिर्ताामोडस्थित हनुमान कम्प्लेक्समा हुने शैक्षिक मेलामा भाग लिँदा विभिन्न पुरस्कार जित्न सकिने बताइएको छ ।