झापा,

झापाका छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–४ का १७ बर्षीय सुरज राजवंशी र कचनकवल गाउँपालिका–३ का १९ बर्षीय गोविन्द राजवंशी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुरज राजवंशी हुलाकी राजमार्गस्थित गौरीगञ्ज गाउँपालिका–१ मा बा६५प८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पिलरमा ठोकिँदा गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि उहाँलाई दमक अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, विर्तामोड नगरपालिका–२ को भित्री सडकखण्डको लालमाटी चोकबाट रामचोक आउँदै गरेको म.प्र.–०३–०२५ प ९५०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा गोविन्द गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही मोटरसाइकलमा पछाडि सवार सोही वडामा बस्ने १८ बर्षीय अमित राजा घाइते हुनुभएको र उहाँको विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।