विमल दहाल, माई ।
१३ औ, १४ औ र १५ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता विधार्थी, प्रशिक्षक, निर्णायक, खेल व्यवस्थापकलाई सम्मान कार्यक्रम आज माई नगरपाालिकामा सम्पन्न गरिएको छ ।
माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बुको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सिता लावतीले गर्नु भएको थियो ।कार्यक्रममा प्रमुख खम्बा सिं लिम्बु, उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्मा, वडा अध्यक्ष राम राई, शिशुसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक विभिषण शेर्मा, प्रशिक्षक, सहभागी बिधार्थीहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो।
माई नगर भित्रका ६६ जना पदक विजेता विधार्थीहरुलाई नगर प्रमुख लिम्बु, उपप्रमुख हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्मा लगायतले सम्मान गर्नु भएको थियो। जिल्ला खेलकुद विकास समिति इलामको आयोजनामा गत फागुन ४, ५ र ६ गते सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतियोगिताको व्यवस्थापक रहेको माई नगरपालिका १२ स्वर्ण, १२ रजत र २१ कास्य सहित ४५ पदक हात पार्दै तेस्रो स्थान प्राप्त गरेको थियो ।
इलाम जिल्लाका १० पालिका सहभागीता रहेको प्रतियोगितामा २२ स्वर्ण, १३ रजत र ८ काश्य सहित ४३ पदक जित्दै इलाम नगरपालिका प्रथम भएको थियो भने १८ स्वर्ण, १३ रजत र २० कास्य सहित ५१ पदक जित्दै सुर्योदय नगरपालिका दोस्रो बनेको थियो।