विमल दहाल, इलाम ।
इलाम माई नगरपालिकाको १७औ नगर सभा बिहीबार सम्पन्न भएको छ।
मेयर खम्बा सिं लिम्बुको अध्यक्षतामा सम्पन्न सभामा उपमेयर हिमा भण्डारीले आर्थिक बर्ष ०८१/०८२ को बजेट तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्नुभएको थियो। संशोधन प्रस्तावमाथि छलफल गरी उठेका प्रश्नहरूको जवाफ दिँदै मेयर लिमुले निर्णयार्थ सभामा प्रस्तुत गर्नुभएको थियो।
सभामा माई नगरपालिकाको स्थानीय उद्योग दर्ता सञ्चालन व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक वडा नम्बर-९ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य लिलाकुमार राईको प्रस्ताव, वडा नम्बर-६ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य खड्ग सुन्दर योङहाङ्गको समर्थनमा नगर प्रमुख लिम्बूले निर्णयर्थ प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै माई नगरपालिकाको न्यायिक समितिले उजुरी, कारबाही, किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनुपर्ने कार्यविधि सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०८१ समिति न्यायिक समिति सदस्य राजकुमार गड्तौलाको प्रस्तावमा वडा नम्बर-३ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य देव कुमार तामाङको समर्थन र नगर प्रमुख लिम्बूले उठेका जवाफ सहित निर्णयर्थ प्रस्तुत भएको थियो ।
सभाले माई नगरपालिका वडा नम्बर २ का वडा सदस्य तथा न्यायिक समिति सदस्य रत्नबहादुर अधिकारीको गत फागुन ५ गते असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरी शोक प्रस्ताव पारित गरेको थियो।
सभामा रिक्त न्यायिक समितिको सदस्यमा माई-८ का वडा सदस्य शेरबहादुर बस्नेतलाई मनोनयन समेत गरिएको माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।