बिर्तामोडमा प्रोटोन इमास–७ सार्वजनिक

0
35

झापा, जगदम्वा मोटर्स (प्रा.)लि. (प्रोटोन ब्राण्डको आधिकारिक बितरक) ले झापाको बिर्तामोडमा प्रोटोन इमास–७ सार्वजनिक गरेको छ ।
प्रोटोन इमास–७को विशेष कार्यक्रम ‘भिज्वल ट्रिट अफ प्रोटोन इमास–७’ नेपाल टुर अन्तर्गत पहिलोपटक बिर्तामोडमा सार्वजनिक गरिएको हो । बिर्तामोडस्थित होटल टाइमलेसमा सार्वजनिक गरिएको प्रोटोन इमास– ७ को ग्राहकहरुले प्रत्यक्ष रुपमा विशेषता अनुभव गर्न पाएका थिए ।
नेपालभरका अधिकारिक सोरुमहरुमा आगामी मार्च २१ देखि यसको बिक्री शुरु गरिने कम्पनीका महाप्रबन्धक अधीर कुमार श्रेष्ठले बताए । उनका अनुसार नेपालमा वहु प्रतिक्षित इलेक्ट्रिक एसयूभी प्रोटोन इमास–७ अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन र लामो रेन्ज क्षमतासहितको रहेको छ । अन्तर्राष्ट्रिय बजारमा विभिन्न रंगहरूमा उपलब्ध हुने यो गाडी दुई भेरियन्टमा प्राइम र प्रिमियममा उपलब्ध रहेको र प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवरको व्याट्री प्रयोग गरिएको र यसले ३४५ किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ ।
त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवरको एजीजसर्ट ब्लेड व्याट्री प्रयोग गरिएको जसको रेन्ज ४१० किलोमिटर रहेको छ । प्राइम भेरियन्टको ५६ लाख ९९ हजार र प्रिमियम भेरियन्टको ६७ लाख ९९ हजार मूल्य रहेको बताइएको छ ।
इमास ७ को नवीन प्रविधि र अतुलनीय ड्राइभिङ अनुभव मात्र प्रदर्शन गर्दैन, यसले दिगोपन र पर्यावरणमैत्री गतिशीलता र समाधानहरूप्रति ब्रान्डको प्रतिबद्धतालाई देखाउने विश्वास गरिएको छ ।
प्रोटोन इमास ७ भ्रमणले नेपाली उपभोक्ताहरूलाई सवारी साधनको प्रत्यक्ष अनुभव गराउन संलग्न गराउने लक्ष्य राखेको छ । यसले तराई, पहाडी सडकदेखि हिमाली क्षेत्रहरूसम्मका विविध भू–भाग र परिदृश्यहरू समेट्ने छ ।
प्रोटोन इमास ७ को टिकाउपन, विश्वसनीयता र गुणस्तरले यसको इञ्जिनियरिङ उत्कृष्टतालाई देखाउछ भने यो कसरी नेपाली बजारको लागि ‘गेम चेन्जर’ हँुदैछ भनेर देखाउँछ । प्रोटोन इमास ७ को यस भ्रमणको बारेमा जानकारी लिन र भ्रमणको बारेमा अपडेट भइरहन सामाजिक सञ्जाल ह्यान्डलहरू फलो गर्न कम्पनीले अनुरोध गरेको छ ।
त्यसैगरी वेबसाइटमार्फत सवारी साधनहरूको बारेमा सम्पूर्ण जानकारी लिन सकिने समेत बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here