प्यारागनको अभिभावक अभिमुखीकरण

0
537

सुरुङ्गा,कनकाई नगरपालिका सुरुङ्गास्थित प्यारागन एकाडेमीको आयोजनामा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय सुरुङ्गा जेसीजको सभाहलमा भएको कार्यक्रममा प्यारागन एकाडेमीका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्पा खनाल सुवेदीको अध्यक्षता र कनकाई नगरपालिका वार्ड नं। ३ का वार्ड अध्यक्ष युवराज चम्लागाईंको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल दीपक भट्टराईले विद्यालयको वर्तमान अवस्था र भावी लक्ष्यका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कक्षा ११ सम्म अध्यापन हुने विद्यालयमा हाल ७१० विद्यार्थी अध्ययनरत छन् भने ५५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् । विद्यार्थीकेन्द्रित शैक्षिक तथा अतिरिक्त क्रियाकलापलाई विद्यालयले मूलमन्त्र बनाएर अघि बढिरहेको प्रिन्सिपल भट्टराईको भनाइ थियोे ।
विद्यालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा कनकाई नगरमा संस्थागत विद्यालयतर्फ प्रथम स्थान हासिल गर्न सफल भएको थियोे ।

कार्यक्रममा नेपाल जेसीजका युवा उत्प्रेरक एवम् राष्ट्रिय प्रशिक्षक सेवक बजगाईंले अभिभावकका काम, कर्तव्य र भूमिकासम्बन्धि सहजीकरण गरेका थिए । युवा प्रशिक्षक बजगाईंले आफ्ना नानीबाबुलाई विद्यालय पठाएर मात्रै अभिभावकले आफ्नो कर्तव्य पुरा नहुने बताए ।
कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष भरत शिवाकोटीले अभिभावकलाई विद्यालयप्रति अपनत्व ग्रहण गर्न अनुरोध गरेका थिए । कनकाई नगरपालिका वार्ड नं। ३ का वार्ड सदस्य अनिल गोयल, विद्यालयका एकाडेमिक कोओर्डिनेटर सी।एन। भण्डारी लगायतको उपस्थिति रहेको कार्यक्रममा साङ्गीतिक प्रस्तुति पनि राखिएको थियोे ।
कार्यक्रममा विद्यार्थीद्वारा सन्देशमूलक ूअमृत वचनू नाटक प्रस्तुत गरिएको थियोे ।
विद्यालयका भाइस प्रिन्सिपल डिल्ली सिटौलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन शिक्षक जानम भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here