बिर्तामोड, झापाका तीनवटा पालिकामा रहेका मन्टेश्वसरीहरुले वार्षिक रुपमा मनाउँदै आएको सांस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।
शनिवार बिर्तामोड नगरपालिका २ चारपाने स्थित पर्शुराम पार्टी प्यालेसमा ९ वटा मन्टेश्वरीको सहभागीतामा वार्षिक सांस्कृतिक कार्यक्रम गरिएको हो ।
मन्टेश्वरी एसोसिएसन आफ झापाको आयोजित कार्यक्रम बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत जानुका रेग्मीले उद्घाटन गरेकी थिइन् । मारिया मन्टेश्वरी कि संस्थापक तथा मन्टेश्वरी एसोसिएसन आफ झापाकी ज्येष्ठ सदस्य सुधा थापाको सभापतित्वमा भएको कार्यक्रममा औचित्य सहित स्वागत मन्टेश्वरी एसोसिएसन आफ झापाका उपाध्यक्ष अमर सुब्बाले गरेका थिए ।
कार्यक्रममा विभिन्न मन्टेश्रीमा अध्ययनरत रहेका एक सय बढी विद्यार्थी सहभागी थिए । सहभागी विद्यार्थीले आफ्नो सांस्कृतिक कला कौशल समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिर्तामोडमा रहेको होली किड्स मन्टेश्री, मेचीनगरको चारआलीमा रहेको लोटस मन्टेश्वरी, बिर्तामोडमा सञ्चालित किड्स जोन, ह्याप्पी किड्स,मारिया मन्टेश्वरी बिर्तामोड ,कनकाई नगरपालिकामा रहेको ज्ञानमाला र हाम्रो पाठशाला बिर्तामोडमा रहेको पाथीभरा चाइल्ड केयर मन्टेश्रीमा अध्ययनरत विद्यार्थीले आफ्नो प्रस्तुति, गायन, नृत्य , राइम्स प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मन्टेश्वरी एसोसिएसन आफ झापाका अध्यक्ष अखिल कुमार कोइराला, सचिव गोपाल संग्रौला, कोषाध्यक्ष मुना पोखरेल, सदस्य मुना केसी, उमा प्रधान, रितु थापा मगर लगायत सहभागी रहेका थिए ।
कार्यक्रमको संचालन मन्टेश्वरी एसोसिएसन आफ झापाका सचिव गोपाल प्रसाद संग्रौला र किड्स जोन मन्टेश्वरीकी कार्यवहाक प्रिन्सिपल सपना कटुवालले संयुक्त रुपमा गरेका थिए ।