अनुकूलचन्द्र ठाकुरको १३७औं जन्ममहामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सव झापाको बिर्तामोडमा शुरु

0
22

झापा, श्री श्री अनुकूलचन्द्र ठाकुरको १३७औं जन्ममहामहोत्सव तथा दोस्रो नेपाल राष्ट्रिय उत्सव झापाको बिर्तामोडमा शुरु भएको छ ।
सत्संग नेपालको आयोजना तथा सत्संग मन्दिर बैशावाडी अर्जुनधारा–५ को संयोजनमा फागुन १७ गते शनिवार बिर्तामोड ठाकुरको राष्ट्रिय उत्सव शुरु भएको हो ।
दोस्रो राष्ट्रिय उत्सवमा देश तथा विदेशका गरी दुई हजार अनुयायीका लागि खान र बस्नको प्रबन्ध मिलाइएको छ । राष्ट्रिय उत्सवमा करिब तीन हजारभन्दा बढी ठाकुरका अनुयायीहरु सहभागी हुने बताइएको छ ।

राष्ट्रिय उत्सवमा सहभागी हुने ठाकुरका अनुयायीहरुलाई खाना र बस्नको प्रवन्ध मिलाइसकिएको सत्संग नेपालका अध्यक्ष कृष्णप्रसाद सिटौलालले जानकारी दिए । धार्मिक कार्यक्रमका माध्यमबाट समाजमा सहिष्णुता र बन्धुत्वको भावना कायम राख्न राष्ट्रिय उत्सव सफल हुने उनले दावी गरे ।

२ बर्षअघि प्रथम राष्ट्रिय उत्सव वीरगञ्जमा भएको भन्दै दोस्रो राष्ट्रिय उत्सव झापामा भव्य रुपमा सम्पन्न हुने अध्यक्ष सिटौलाको भनाइ छ ।
२०४२ सालमा बिराटनगरमा ठाकुर अनुकुलचन्द्रको मन्दिर निर्माण गरिएको थियो । सोही दिन बिर्तामोडस्थित वैशावाडीमा ठाकुर मन्दिरको शिलान्यास गरिएको थियो ।
झापामा मात्रै ठाकुरजीका ७० हजारभन्दा बढी अनुयायी रहेका छन् भने देशभर २० वटा केन्द्रहरु रहेको बताइएको छ । शुक्रवार बेलुका ४ बजे संगीतसभा र सामुहिक सन्ध्याकालीन, बिन्ती प्रार्थनासहित बिभिन्न कार्यक्रम भएको छ भने शनिवार बिहान बेदमांगलिकी पाठ, उषाकीर्तन, सामुहिक प्रातकालीन विन्ती प्रार्थना एवम् गन्थ्रादि पाठ, शोभायात्रा, धर्मसभा, मातृ सम्मेलन, संगीतसभा, सामुहिक सन्ध्याकालीन, बिन्ती प्रार्थनालगायतका कार्यक्रमहरु गरिएको छ ।
शनिवार विहान शोभायात्रा भएको थियो । शोभायात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । उत्सवमा सयौंको संख्यामा सहभागिता रहेको छ । बिर्तामोड १ स्थित बाल्मीकि एजुकेशन फाउण्डेशनको परिसरमा आयोजना गरिएको उत्सवमा विभिन्न नृत्य, बिभिन्न झाँकी, चण्डी नाचलगायत धार्मिक तथा सांस्कृति प्रवचन तथा कार्यक्रम गरिएको छ । त्यस्तै उत्सवमा सामुहिक रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
उत्सवमा ३० हजारभन्दा धेरै ठाकुरजीका अनुयायीले धर्मसभामा भाग लिने जनाइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here