पानीका मुहानहरू सुक्दैछन, संरक्षण गर्न ध्यान दिनु पर्छ : विश्वप्रकाश

0
8

सुमन बस्नेत
धुलाबारी, प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले खानेपानीका मुहानहरू सुक्न थालेकाले संरक्षण गर्न गम्भीर हुनु पर्ने बताउनु भएको छ । धुलाबारी खानेपानी उपभोक्ता संस्थाको २४ वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै सांसद शर्माले पछिल्लो समयमा पानीका मुहानहरू सुक्ने क्रममा रहेकाले त्यस्ता मुहानहरूको संरक्षणमा खानेपानी संस्थाले बिषेश ध्यान दिन सुझाव दिनु भयो ।ञहामीले खाने पानीका प्राकृतिक स्रोतहरू सुक्दै छन,झशर्माले भन्नुभयो, ञस्रोतको संरक्षणमा खानेपानी संस्थाले बिषेश काम गर्नु पर्छ ।

कार्यक्रममा बोल्दै मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीले नगरभरिका खानेपानी संस्थाहरूले पानीको महशुलमा एकरूपता ल्याउन आग्रह गर्नु भयो । कार्यक्रमका अर्का वक्ता पत्रकार चन्द्र भण्डारीले खानेपानी प्राधिकरण गठन गर्दा सेवा प्रभावमा नकरात्मक असर पर्ने भएकाले त्यस्तो निर्णय नगर्न नगरपालिकालाई सचेत गराउनु भयो ।
साधारण सभामा नेकपा एकिकृत समाजवादीकी केन्द्रीय सदस्य सविता भण्डारी भेटवालले धुलाबारी खानेपानीले संस्थाले उपभोक्ताको आवश्यक्तालाई ध्यानमा राखेर काम गरेको भन्दै प्रशंसा गर्नु भयो । वहाँले धुलाबारीको दक्षिणी क्षेत्रमा पानीटेंकी निर्माण गरी सेवा विस्तार गर्न सुझाव दिनु भयो ।

कार्यक्रममा खानेपानीका संस्थापक अध्यक्ष राम कट्टेल, चारआली खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजन चिमरिया लगायतले धुलाबारी खानेपानी संस्थाले गरेको कामको प्रशंसा गरेका थिए ।

संस्थाका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष खत्रीले प्रतिवेदन वाचन गर्नु भएको थियो । धुलाबारीस्थीत पासाङल्हामू स्मृति जेसीज प्रतिष्ठानमा सम्पन्न साधारण सभामा उपाध्यक्ष हिमालय आङदम्बेले स्वागत मन्तब्य तथा सचिव उमानाथ सुवेदी उमेशको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here