शिक्षा क्षेत्रमा प्रगति गर्दै मेचीनगर

0
24

मेचीनगर, मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा शिक्षा क्षेत्रमा चालिस प्रतिशत लगानी गरिसकेको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख एवम् उपसचिव होमनाथ भण्डारीले चालु आर्थिक वर्ष २०८१ साउनदेखि पुस सम्ममा चालिस प्रतिशत शिक्षा क्षेत्रमा लगानी भएको जानकारी दिए ।
उनका अनुसार यसवर्ष संघबाट ४० करोड २२ लाख ११ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजन भएको बजेट मध्ये साउनदेखि पुस सम्ममा १७ करोड १२ लाख ८१ हजार ९२४ रुपैयाँ अर्थात ४८.५८ प्रतिशत शिक्षा क्षेत्रमा खर्च भइसकेको छ ।
चालु आर्थिक वर्षमा ९० प्रतिशत शिक्षामा खर्च गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
त्यस्तै नगरपालिकाले यसवर्ष ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ विनियोजन गरेकोमा पुस सम्ममा १ करोड २५ लाख २५ हजार १९१ रुपैयाँ खर्च भएको भण्डारीले बताए ।
चालु आर्थिक वर्षमा ९५ प्रतिशत शिक्षामा खर्च गर्ने लक्ष्य लिएकोमा ३५ प्रतिशत रकम खर्च भएको उनले बताए ।
गतवर्ष केन्द्र सरकारबाट ३९ करोड ३२ लाख ५२ हजार बजेट आएकोमा ३५ करोड ९६ लाख ८८ हजार ९ रुपैयाँ २ पैसा खर्च भएको कार्यालयले जनाएको छ ।
त्यस्तै गतवर्ष कोशी प्रदेश सरकारबाट ३६ लाख ५० हजार रुपैयाँ आएको थियो । यसैगरी नगरपालिकाको ३ करोड ४६ लाख ७५ हजार रुपैयाँमा ३ करोड ३१ लाख ९३ हजार ८३४ रुपैयाँ खर्च भएको कार्यालयको भनाई छ ।
गतवर्ष नगरको शिक्षामा कुल ४३ करोड १५ लाख ७७ हजार विनियोजन भएको बजेट मध्ये ३९ करोड ६२ लाख ३१ हजार ८४३ रुपैयाँ खर्च भएको शिक्षा शाखा प्रमुख भण्डारीले बताए ।
मेचीनगरको ४२ वटा सामुदायिक विद्यालयमा ६ हजार ८४८ छात्रा र ७ हजार १७९ जना छात्र गरी कुल १४ हजार २७ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
संघबाट तलव खाने गरी स्वीकृत दरबन्दी शिक्षक ४५४ जना, संघको लेखा कर्मचारी र नगरपालिकाकासहित ६१८ जना शिक्षक नगरमा कार्यरत रहेका छन् ।
नगरले विभिन्न विद्याका विद्यार्थीहरुलाई छात्रावृति समेत दिँदै आएको छ । सहिद विरेन राजबंशी छात्रवृति अन्तरगत कक्षा ११ र १२ पढ्ने ६५९ जना विद्यार्थीलाई जनही ३ हजारका दरले र वीपी कोइराला छात्रावृति बापत प्राविधिक शिक्षामा स्नातक तह पढ्ने ८ जना विद्यार्थीलाई पनि १२ हजारदेखि १६ हजारसम्म छात्रावृति प्रदान गरिने जनाएको छ ।
त्यस्तै संघले कक्षा १ देखि १२ सम्मका ३४५८ जना छात्रा, दलित ५०६ जना, सीमान्तकृत ८५८ जना, अपाङ्गता भएका २६ जना विद्यार्थीलाई पनि छात्रावृति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
भण्डारीका अनुसार प्रति विद्यार्थी लागत अनुदान मार्फत प्रारम्भिक वालविकास कक्षामा विद्यार्थीका लागि सिकाई सामग्री विद्यालयलाई दिने गरिएको छ । उनीहरुलाई पढाउने शिक्षकहरुलाई पनि मन्टेश्वारी विधीमा आधाररीत तालिम समेत दिइने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here