‘विराट गोल्ड कप’ आजबाट 

0
23
झापा, ‘विराट गोल्ड कप’ आजबाट  शुरु हुँदैछ । फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको र आजबाट गोल्डकप शुरु हुने आयोजक समितिका संयोजक नवीन रिजालले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
शहीद रङ्गशालामा हुने प्रतियोगितामा छिमेकी राष्ट्र भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी हुने बताइएको छ ।
प्रतियोगिता सञ्चालन गर्न रु एक करोड ३५ लाख खर्च हुने अनुमान गरिएको छ ।  प्रतियोगितको विजेतालाई नगद रु ११ लाख, उपविजेतालाई रु पाँच लाख, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १५ हजार, दैनिक हुने खेलका उत्कृष्ट खेलाडीलाई रु ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु ५१ हजार नगद पुरस्कार प्रदान गरिने संयोजक रिजालले जानकारी दिए ।
प्रतियोगिताको संरक्षक र प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार, प्रदेश खेलकुद विकास बोर्ड, विराटनगर महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल सङ्घ र मोरङ उद्योग व्यापार सङ्घ रहेका छन् ।

विराट गोल्डकप यी हुन् मोरङबाट खेल्ने खेलाडी

विराटनगरको सहिद मैदानमा सोमबारदेखि सुरु हुने विराट गोल्डकपमा घरेलु टिम रिजालको मोरङ ११ बाट खेल्ने खेलाडीहरुको टुंगो लागेको छ ।

खेलाडी छनोट गर्ने जिम्मा पाएको मोरङ जिल्ला फुटबल संघले अधिकांश लिग र ए डिभिजन खेलेका राष्ट्रिय खेलाडीहरुलाई समावेश गरेर टिम बनाएको छ । टोलीमा मोरङ जिल्लामै घर भएका राष्ट्रिय खेलाडीहरु बढी संख्यामा सहभागी छन् । टोलीमा सुशिल राई, अशोक खवास, मिन धिमाल, बिक्रम धिमाल, पूर्ण चेम्जोङ्ग, मिलन राई, मौसम लिम्बू, अविशेष गुरुङ, र दुई जना विदेशी खेलाडी समावेश गरेर टोली तयार गरिएको मोरङ जिल्ला फुटबल संघका अध्यक्ष संजीव बुढाथोकीले जानकारी दिए ।
मोरङबाट खेल्ने खेलाडी थ्रिस्टार, मच्छिन्द्रलगायतका क्लबबाट खेल्ने खेलाडीहरु हुन् ।

अशोक र मिन धिमाल डिफेन्स रहनेछन् । पूर्ण चेम्जुङ्ग गोलकिपर, मिलन राई फरवर्ड, मिट फिल्डमा मौसम सुब्बा रहेछन् । दुई जना विदेशी मध्ये एक जना डिफेन्स र एक जना मिड फिल्डमा खेल्ने बताइएको छ ।
मोरङको टोलीमा पारस चौधरी र रानु प्रताव राना मगर कोचको रुपमा रहने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here