बिराटनगर,
मोरङमा युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा एक विवाहित प्रेम जोडी मृत फेला परेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए।
पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको डीएसपी दाहालले बताए।
‘अहिले म घटना स्थलमै छु घटना बारे अनुसन्धान हुँदै छ उनले भने,बिहान १०ः३० बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी आएका हौ अहिले यहाँ अलिक नेटवर्कले काम गर्दैन केहि समय पछि सबै डिटेल उपलब्ध गराउछौ।’ शव शवलाई पोस्टमार्टमका लागि तयारी गरिएको प्रहरीले जनाएको छ।