गाउँपालिकाका अध्यक्ष माझीले किन खोसे सबै जनप्रतिनिधि चढ्ने गाडीको चाबी ?

0
76

योगेन्द्र योगी
बिराटनगर,

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमो नारायण माझीले सबै जनप्रतिनिधिहरुले चढ्ने गाडीको चाबी खोसेका छन्। अध्यक्ष माझीले ग्रामथान बासीहरुलाई अपिल गर्दै चिठी काटेर उपाध्यक्ष लगायत वडा अध्यक्षहरुले प्रयोग गर्दै आएको गाडी र मोटर साइकलहरु गाउँपालिका फ्रिता ल्याएको बताएका छन्।

कुनै राजनीतिक पूर्वाग्रह नभएको तथा कुनै जनप्रतिनिधिहरुलाई भेदभाव नगरेको बताउदै उनले बाध्यता भएको बताए। कार्यपालिकाको बैठकमा प्रस्ताव पेश गर्दा जुन आउनु पर्ने बजेट गाउँपालिकाको सबै भन्दा ठूलो आर्थिक स्रोतबाट आउने लोहोन्द्रा खोला बजेट बिनियोजन २०८१-८२ सालको कार्यक्रममा खोलाबाट आउने १ करोड ३५ लाख अनुमानित आम्दानी गरेको छ।

त्यस अनुसारकै बजेट गाडी मर्मत,तेल भ्रमण भत्ता,विकास निर्माणमा खर्च गरेको देखिएको उनले बताए। तर, १ करोड ३५ लाख ब्लक भइसकेपछि गाडीमा तेल कसरी हाल्ने,मर्मत केले गर्ने भन्दै खोलाबाट आउने बजेट सुनिश्चित नभएसम्म सबैको गाडी सुबिधा खोसिएको र आफूले प्रयोग गर्दै आएको स्कार्पियो गाडी पनि नचड्ने बताएका छन् ।

उनले खोला ठेक्का नलागेको निहुँमा उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्ने सवारीको चाबी खोसे बताईएको छ। मंगलबार कार्यपालिका बैठक पनि बसेको थियो । कार्यपालिका बैठकमा राखिएका ६ मध्ये दुई प्रस्तावमा असहमति जनाएका कारण सवारीको चाबी खोसिएको उपाध्यक्ष थारुले बताईन्।

ग्रामथान कार्यपालिकामा कांग्रेस–एमालेबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ। उनी मंसिरमा भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाटउम्मेदवार भई ६ हजार ९ सय ६९ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here