सुनमाई स्प्रिङ वाटर अन्तर्राष्ट्रिय बजारमा जाने तयारीे

0
32

झापा ।

सुनमाई स्प्रिङ वाटरलाई अन्तर्राष्ट्रिय बजार लैजाने तयारी गरिएको छ । सात वर्षअघि बिर्तामोडका व्यवसायी मिनप्रकाश मैनालीले ‘सुनमाई स्प्रिङ वाटर’ उत्पादन उद्योग सञ्चालनमा ल्याएका थिए ।

पूर्वमा पहिलोपटक स्प्रिङ वाटर उत्पादन शुरु गरेको सुनमाईले प्रोसेसिङ र मिनरलभन्दा कयौं गुणा गुणस्तरीय रहेको दाबी गर्दै मैनालीले आफ्नो उत्पादन अन्तर्राष्ट्रिय बजार पु¥याउन लागिएको बताएका हुन् । जसका लागि अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि विदेशी कम्पनीहरू सहकार्य भएको उनको भनाइ छ ।

नेपाल विश्वमै स्वच्छ खानेपानीको स्रोत भएको देशमा पर्दछ । तर, अहिले पनि पानीमा अम्लीय र छारीयपनको (पीएच)को मात्रा भएको पिउन अयोग्य पानी पिउन नेपाली बाध्य छन् । मानिसको स्वास्थ्यमा सबैभन्दा बढी रोगको संक्रमण पानीकै कारणले लाग्ने गर्दछ ।

यसैलाई मध्यनजर गर्दै सात वर्षअघि झापाली उद्योगीहरूले स्थापना गरेको सुनमाई स्प्रिङ वाटर अहिले विदेशसम्म निर्यात हुने अवस्थामा पुगेको छ । पीएचको मात्रा सही हुनु गुणस्तरीय पानीमा पर्दछ । सुनमाई स्प्रिङ वाटरले पहाडमा मूल फुटेर आएको पानीलाई प्रशोधन गरी बिक्री गर्दै आएको छ ।

नेपालमा ६.५ देखि ८.५ पीएचसम्म भएको पानी पिउन योग्य मानिन्छ । गुणस्तरीय पानी तीन प्रकारले उत्पादन गरिन्छ । प्रोसेस ड्रिङ्किङ वाटर मिनरल वाटर र स्प्रिङ ड्रिङ्किङ वाटर । सुनमाईले स्प्रिङ ड्रिङ्कङ वाटर उत्पादनलाई महत्व दिएको छ । जुन मूलबाट आएको पानी प्रोसेस गरेर बिक्री गरिन्छ । जसमा आवश्यक सबै प्रकारको तत्वको ग्यारेन्टी गरिएको हुन्छ ।

सुनमाई स्प्रिङ वाटर अहिले नेपालका सबै ठूला सहरमा बिक्री भइरहेको छ । स्प्रिङ वाटर स्वादिलो र स्वास्थ्य हुने भएकाले यसको माग स्वदेशमा बढ्दो क्रममा रहेको छ । दुई सय एमएलदेखि एक लिटरसम्मका विभिन्न प्रकारका बोटलमा पानी बिक्री हुने गरेको छ । कम्पनीले बोटलको गुणस्तरका आधारमा मूल्य राखेको छ । जारमा समेत कम्पनीले पानी बिक्री गरिरहेको छ ।

अहिले विदेशीको माग पनि स्प्रिङ वाटर नै रहेको उनले जानकारी दिएका छन् । केही समयअघि झापाका २५ भन्दा बढी उद्योगको पानी परीक्षण गर्दा सुनमाई सबैभन्दा उत्कृष्ट भएको थियो । हाल ५५ जनालाई प्रत्यक्ष रोजगारी दिएको उद्योगले अन्तर्राष्ट्रिय बजारमा पानी जाने हो भने सयौंलाई थप रोजगारी दिन सक्ने मैनालीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here