विद्यार्थीलाई रक्सी बेचेपछि…

0
53

बिर्तामोड ।

झापाको बिर्तामोडमा विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिर्तामोड–३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविको कक्षा ९ मा अध्ययनरत एक विद्यार्थी विद्यालय पोशाक मै मादक पदार्थ सेवन गरी विद्यालय गए पछि मादक पदार्थ विक्री गर्ने बिर्तामोड–३ का ४६ वर्षीय कुमार बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

तीन जना किशोरीले मादक पदार्थ सेवन गरेर विद्यालय पुगेछन्– इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले भने– विद्यालयबाट यस्तो अवस्था छ भन्ने जानकारी पाए लगत्तै प्रहरी टोली पुगेर बुझदा विद्यालय पोशाकमै रक्सी बेच्ने होटल सञ्चालकलाई तत्काल पक्राउ ग¥यौं ।

पक्राउ परेका बस्नेतलाई प्रहरीले शुक्रबार अभद्र कसुरमा अदालतबाट पाँच दिनको म्याद लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here