बिराटनगर,

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक(डीएसपी) दक्ष कुमार बस्नेतले बिद्यार्थीहरु र शिक्षकलाई नागरिकले अपनाउनु पर्ने सुरक्षा सावधानी बारे जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालयमा स्वागत गर्दै डीएसपी बस्नेतले हिमालय माध्यमिक बिद्यालय खाँदबारीमा कक्षा ९ मा अध्ययनरत ६० जना बिद्यार्थीहरु र शिक्षकलाई नागरिकले अपनाउनु पर्ने सुरक्षा सावधानी बारे प्रस्तुतिकरण दिएका थिए।
उनले प्रहरीले गर्ने कार्य एवं कानुनी प्रावधानका सम्बन्धमा छलफल गरेका थिए। साथै प्रहरीले प्रदान गर्दै आएको सेवासँग सम्बन्धित बिभिन्न शाखाहरुको भ्रमण गराइएको जिल्ला प्रहरी कार्यालय सब्खुवासभाले जनाएको छ।