विमल दहाल, इलाम ।
इलाम जिल्ला स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को पत्रकार सम्मेलन गरी शुक्रबार आय ब्याय सार्वजनिकिकरण गरिएको छ।
जिल्ला खेलकुद विकास समिति इलामको आयोजना तथा माई नगरपालिकाको व्यवस्थापनमा गत फागुन ४ देखि ६ गते सम्म इलामको माई नगरपालिक संचालित १५औ इलाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खर्च सार्वजनिक गरिएको हो।
जिल्ला खेलकुद विकास समिति इलामका अध्यक्ष खगेन्द्र बास्तोलाको अध्यक्षता र माई नगरपालिका प्रमुख खम्बा सिंह लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले कुल बजेट २० लाख ४ हजार ९ सय ५७ रुपैयाको खर्च विवरण प्रस्तुत गर्नुभएको हो ।
कार्यालय प्रमुख भट्टराईका अनुसार ब्यानर प्रमाणपत्र मायाको चिनो ट्रफी मेडल सम्मानपत्र झण्डा शीर्षकमा ५ लाख ३० हजार रुपैयाँ, आवास, खाना, खाजा चिया (निर्णायक स्वयंसेवक अफिसियल आयोजक अतिथि) लाई ५ लाख ९३ हजार १ सय ३५ रुपैयाँ, भत्ता निर्णायक स्वयंसेवक अफिसियल सचिवालय आदिलाई ४ लाख ८५ हजार १४ रुपैयाँ, साउन्ड सिस्टम चुनाव खेलमैदान निर्माणमा २ लाख ४३ हजार ३ सय ६१ रुपैयाँ, यातायात खर्च ४९ हजार ५ ०० सय रुपैयाँ, सञ्चार खर्च ४६ हजार, माला टोपी खरिद ९ हजार २ सय ५० रुपैया, स्टेसनरी ३६ हजार ६ सय ९७ रुपैया र इन्धन १२ हजार गरी २० लाख ४ हजार ९ सय ५७ रुपैया खर्च भएको जानकारी गराईएको थियो। पत्रकार सम्मेलनमा अध्यक्ष बास्तोलाले माई नगरपालिकाबाट १३ लाख रुपैयाँ प्राप्त हुने सुनिश्चितता भएपनि बाँकी ७ लाख ४ हजार ९ सय ५७ रुपैया अन्य पालिकाले सहयोग गर्ने विश्वास गर्नु भएको छ।
उहाँका अनुसार इलाम जिल्लाका अन्य तीनपालिकाले एक/एक लाख रुपैयाँ र ६ वटा गाउँपालिकाले ५०/५० हजार प्रदान गर्ने प्रतिबद्धता रहे अनुरूप खर्च व्यवस्थापन गर्ने सोच रहेको बताउनुभयो । प्रमुख अतिथि रहनुभएका माई नगरपालिकाका प्रमुख खम्बा सिं लिम्बुले माई नगरपालिकामा सम्पन्न भएको जिल्लास्तरीय प्रतियोगिताले भाइको गौरव समेत बढेको बताउनु हुदै सबै पक्ष, समुदाय र निकायको सहयोगमा प्रतियोगिता सफल सम्पन्न भएकोकोमा सरोकारवालालाई धन्यवाद दिनु भएको छ ।
इलाम जिल्लाका १० पालिकाको रहेको प्रतियोगितामा इलाम नगरपालिका २२ स्वर्ण, १३ रजत र ८ काश्य पदक सहित प्रथम बनेको थियो । सुर्योदय नगरपालिकाले १८ स्वर्ण, १३ रजत र २० कास्य सहित ५१ पदक जित्दै दोस्रो, माई नगरपालिकाले १२ स्वर्ण, १२ रजत र २१ कास्य सहित ४५ पदक हात पार्दै तेस्रो बनेको थियो ।
त्यस्तै माङसेबुङ गाँउपालिका ४ स्वर्ण, ३ रजत र २ कास्य सहित ९ पदक जित्दै चौथो, माईजोगमाई गाँउपालिका ३ स्वर्ण, १० रजत र २ कास्य सहित १५ पदक जित्दै पाँचौ, चुलाचुली गाँउपालिका २ स्वर्ण, ३ रजत र १९ कास्य सहित २४ पदक जित्दै छैठौ, सन्दकपुरा गाँउपालिका २ स्वर्ण सहित सातौ, रोङ गाउँपालिका १ स्वर्ण, ६ रजत र १५ कास्य सहित २२ पदक जित्दै आठौ, देउमाई नगरपालिका १ स्वर्ण, ५ रजत र ५ कास्य सहित ११ पदक जित्दै नवौ र फाकफोक थुम गाँउपालिका १ स्वर्ण, २ रजत र ६ कास्य सहित ९ पदक हात पार्दै दशौ स्थानमा हासिल गरेको थियो ।