पथरी शनिश्चरे नगरपालिकाद्वारा २५ जना श्रमिक महिलालाई सम्मान

0
12

बिराटनगर,

‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अनौपचारिक श्रमिक महिला मोरङको पथरी शनिश्चरे नगरपालिकाले सम्मान गरेको छ।

शनिबार नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगरपालिकाको २५ जना श्रमिक महिलाहरुलाई सम्मान गरिएको हो । नगर उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा महिलाहरुलाई नगद सहित दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, वडा नं. ४ का वडाध्यक्ष लोकनाथ न्यौपाने (लोककिरण), वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत र वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडाले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमको सहजीकरण नगरपालिकाको बालबालिका तथा महिला शाखा प्रमुख गीता कट्टेलले गरेकी थिईन्। कार्यक्रममा राजश्व शाखा प्रमुख तारा ढकाल, कार्यपालिका सदस्य अञ्जना शिवा, सुरेश कार्की, पूर्णबहादुर कार्की लगायत नगरका श्रमिक महिलाहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here