अन्तर्राष्ट्रिय नारी दिवसमा पथरी शनिश्चरेमा संगिनी नृत्य महोत्सव

0
26

पथरी शनिश्चरे,

मोरङको पथरी शनिश्चरे नगरपालिकाको वडा नं ३ संगम चोकमा एक दिने संगिनी नृत्य महोत्सव भएको छ। शनिबार पथरी शनिश्चरे नगरपालिकाकी उप-प्रमुख देवीमाया काफ्लेले पानसमा दियो बालेर उद्घाटन गर्नुभएको हो।

उप-मेयर काफ्लेले पथरी नगरपालिका बहुजाति , बहुभाषी, बहुसंस्कृतिले भरिएको नगरपालिका भएको उल्लेख गर्नुहुँदै उहाँले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा हिन्दु नारीहरूको यो महान मौलिक तथा परम्परागत संस्कृतिलाई जगेर्ना गर्न नगरपालिकाले पनि प्राथमिकतामा राखेको बताउनुभयो।

श्री महिला जागरूक हरि कीर्तन तथा संगिनी समूह वडा नं ३ को आयोजनामा आयोजित सो प्रथम संगिनी महोत्सव -२०८१ मा मौलिक खाना भुटेको फूलमकै, गुन्द्रुक, आलु लगायतका मौलिक परिकारहरुले पनि आगन्तुक पाहुना तथा अतिथिहरूलाई स्वागत तथा सम्मान बापत खुवाइएको थियो।

महिला जागरुक तथा हरिकेतन समूहकी अध्यक्ष देवीमाया पोख्रेलले अध्यक्षतामा सम्पन्न भएको उक्त महोत्सवमा नगरभित्रका विभिन्न वडाहरूका ८ वटा संगिनी समूहहरूले सुन्दर तथा मौलिक सङ्गिनी नीतिहरू प्रस्तुत गर्नुभएको थियो। उक्त महोत्सवको सफलताको लागि सफलताको शुभकामना पथरी शनिश्चरे नगरपालिकाका नगरप्रवक्ता तथा वडा अध्यक्षहरु क्रमश : नवीनजन कार्की र वडा नम्बर ४ का वडा अध्यक्ष लोक किरण न्यौपाने, स्वामी निर्विशेषानन्दले शुभकामना मन्तव्य राख्नुभएको थियो।

उक्त अवसरमा विभिन्न बाल उमेर समूहका बालबालिका तथा वयस्कहरु दिदीबहिनीहरूले कविता र मुक्तक जस्ता सुन्दर रचनाहरू पनि प्रस्तुत गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here