पथरी शनिश्चरे नगरमा संघीय मन्त्री यादवद्वारा खानेपानी आयोजनाको शिलान्यास

0
26

छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङ्गको पथरी शनिश्चरे वडा नं २ मा रहेको पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको बोक्रेचोकस्थित जलवायु अनुकूलित विहृत खानेपानी आयोजनाको शिलान्यास भएको छ।
आज शनिबार संघीय खानेपानी तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले समारोहका बीच शिलान्यास गर्नुभएको हो ।

शिलान्यास गर्नुहुदै संघीय मन्त्री यादवले “पथरिशनिश्चरे नगरपालिकाको खानेपानी समस्या समाधानका लागि पहिलो चरणमा नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालयबाट ३५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको बताउनुभयो। नागरिकलाई घर घरमा स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउने सरकारको दायित्व भएको भन्दै सोको लागि आफूले सक्दो प्राथमिकता दिएर बजेट विनियोजन गरिदिएको बताउनुभयो।

यसैगरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले यस पथरी शनिश्चरे नगरपालिका क्षेत्रका स्वच्छ खानेपानी उपलब्ध गराउन संघीय मन्त्रालय र विभागले उच्च प्राथमिकता दिएको बताउनुभयो।

सोही अवसरमा पथरिशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले यस आयोजनाले नगरपालिकाका ७ वटा वडाहरुका नागरिकहरूले स्वच्छ खानेपानी उपभोग गर्न पाउनुहुने बताउनुभयो।

पथरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष जयराम बिष्टको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापो, संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, संघीय खानेपानी तथा ढल व्यवस्थापन कोशी प्रदेश आयोजना प्रमुख सुखलाल चौधरी, वडा नं २ का वडाध्यक्ष नैना साम्पाङ्ग राई, वडा नम्बर ३ का वडाध्यक्ष विजय लिम्बु, अन्य वडाका जनप्रतिनिधिहरू तथा राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

यस खानेपानी आयोजनाले निर्माण सम्पन्न भएपछि नगरभित्रका वडा नम्बर १, २, ३ ,५ ,६,७ र १० का नागरिकहरूलाई शुद्ध खानेपानी पानी उपलब्ध हुने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here