ब्राउन सुगरसहित इलाममा दुई जना र भद्रपुर दुई जना पक्राउ

0
77

झापा ।

लागूऔषध बोकेर झापाबाट इलामतर्फ जाँदै गरेका दुई जनालाई पिकअपसहित इलाम प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार बिहान ११.५ बजे झापाबाट इलामतर्फ जाँदै गरेको मे १ च ४५२५ नम्बरको पिकअप गाडीलाई इलाम नगरपालिका– ९ सेरामा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको विशेष प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा गाडीको डिकीमा लुकाएर ल्याएको प्लास्टिकसहित ८३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्योसँगै लागू औषधसहित पिकअप चालक इलाम नगरपालिका १२ साङरुम्बा बस्ने २२ वर्षीय रोशन लिम्बू र सोही ठाउँ बस्ने २२ वर्षीय मनिष राई पक्राउ परेका हुन् । उनीहरूलाई लागूऔषध र पिकअप गाडीसहित जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको इलाम प्रहरीले जनाएको छ ।

यता आज दिउँसो १२ः४० बजे झापा भद्रपुर नगरपालिका-५ मेची बिटबाट खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री मेचीनगर नगरपालिका-१० हिमालय टोल बस्ने २६ वर्षीय प्रकाश यादव र सोही वडाको शान्तिचोक बस्ने ३२ वर्षीय साकिर महमद लागू औषधसहित पक्राउ परेका छन् ।

उनीहरूलाई चेकजाँच गर्ने क्रममा मलद्वारभित्र प्लास्टिकले पोका पारी लुकाएर ल्याउँदै गरेको १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here