विमल दहाल/ इलाम ।
नेकपा एमाले माई नगरपालिका वडा नम्बर ४ को तेस्रो अधिबेसन शुरु भएको छ। माई नगरपालिका भित्रका सबै वडाको अधिवेशन शनिवार सम्पन्न भएपनि माई–४ को पदाधिकारीमा सहमति हुन नसक्दा अधिवेशन भोली बुधबार सम्मका लागि स्थगित गरिएको थियो ।
अधिवेशनमा सहमतिको प्रयास उपल्लो नेतृत्व गरे पनि कुनै सहमति नभएको वताईएको छ। अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र उपसचिव–२ जना र १८ जना सदस्यसहित २३ सदस्य वडा कमिटी रहने व्यवस्था अध्यक्ष मण्डलले गरिएको भएपनि पदाधिकारीमा कोटा भन्दा वढी मनोनयन दर्ता भएकाले निर्वाचनमा जानु पर्ने देखिएको निर्वाचन मण्डलका संयोजक प्रेम सेन्चुरीले जानकारी दिनुभयो।
अध्यक्षमा टेकवहादुर लुङ्गेली र सूर्यप्रसाद दुलालको मनोनयन परेको छ। त्यस्तै एक उपाध्यक्ष पदका लागि सुजन राई, पुर्ण वहादुर मगर र हरि प्रसाद भट्टराईको मनोनयन दर्ता भएको छ। एक सचिवका लागि सितामणि रिजाल र सुकमाया तामाङको मनोनयन दर्ता भएको छ भने एक खुला उपसचिवमा मान वहादुर तामाङ र बिक्रम भेट्वालको मनोनयन दर्ता भएको छ। महिला उपसचिवमा भने सुनिता कुमारी परियारको मात्र मनोनयन दर्ता भएकाले सर्वसम्मत भईसके पनि निर्वाचन मण्डलले घोषणा गर्न वाँकी रहेको छ।
सदस्यहरु सर्बसम्मत भईसका छन् । जसमा नर बहादुर सार्की, खिममाया पाँचकोटी, तारा राई, पुष्पलाल गिरी, पवित्रा सार्की र विष्णु लिम्बू, चन्द्र कुमारी रैका, आशवहादुर लिम्बू, मोहनदास राई र गेसकुमार मगर सर्वसम्मत चयन भएका छन्।
त्यस्तै रुद्र वहादुर लुङ्गेली, कमला सुवेदी र वीर वहादुर सेन्चुरी लगायत रहेका छन् । भोली हुने निर्वाचनका लागि दुवै पक्ष प्यानल बनाएर नै घरदैलो अभियानमा लागेको बताइएको छ । निर्वाचन बिहान ११ बजेदेखि ३ बजेसम्म सुखानी सामादायिक अध्धयन केन्द्र माई–४ को भवनमा हुने बताइएको छ ।