योगेन्द्र योगी
बिराटनगर,
मोरङको सुन्दरहरैँचा स्थित गाेठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समाराेहमा अनौठो दृष्य देखियो। सुन्दरहरैचाका दुई पत्रकार र उनीहरुका छोरा छोरी बाहेक अन्य कुनै पनि पत्रकारहरुलाई प्रेस पास उपलब्ध गराईएन। दीक्षान्त समाराेहमा एभिन्युजका कोशी ब्युरो प्रमुख देखि राष्ट्रिय समाचार समिति,हिमालय टेलिभजनका पत्रकारहरुको उपस्थिति रहेको थियो।
तर,कसैलेलाई पनि प्रेस पासको व्यवस्था गरिएको थिए। यति ठूलो कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयले किन कसैलाई काखा र कसैलाई पाखा गर्यो ? प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलिकाे अध्यक्षता तथा प्रख्यात चिकित्सक, मानव अधिकार अभियान्ता तथा दिब्य शताब्दी पुरूष डा. गाैरीशंकरलाल दासकाे प्रमुख आतिथ्यतामा भएको दीक्षान्त समाराेहमा प्रधानमन्त्रीको सम्बोधन सकिने बित्तकै केहि पत्रकारहरु काने खुशी गर्दै कार्यक्रम स्थलबाट बाहिरिदै गर्दै भन्दै थिए।
किन आसपसे बाहेक अरुलाई प्रेस पास उपलब्ध गराईएन। पत्रकार सबै एउटै किन फरक व्यवहार ? हामीले कार्यक्रमको जिम्मेवारी लिंदा त सबैलाई पासको व्यवस्था गर्ने गरेका भन्दै केहि पत्रकारहरुले गुनासो गरे। आगामी दिनहरुमा पूर्वाञ्चल विश्वविद्यालयले यस्तो फरक व्यवहार नगरोस्।
८१५० विद्यार्थी दीक्षित
पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समाराेहमा ८१५० विद्यार्थी दिक्षित भएका छन्। वि.सं. २०७०/७१ मा विश्वविद्यालयका विभिन्न सङ्कायमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या करिब २०,४७७ रहेकोमा वि.सं. २०७९/८० मा आइपुग्दा यो सङ्ख्या ४७,८१० पुगेको छ। यसका साथै वि.सं. २०७९/८० मा दिक्षार्थीको सङ्ख्या २०,९५४ पुगेको देखिन्छ।
विश्वविद्यालयमा विद्यार्थी भर्नाको सङ्ख्या एक दशकको अवधिमा करिब दोब्बर भन्दा वढिले वृद्धि हुनुलाई सकारात्मक रूपमा लिन सकिने विश्वविद्यालयका उपकुलपति डा. बिजु कुमार थपलियाले बताए। यस बर्ष दीक्षित हुने विद्यार्थीको सङ्ख्या ८,१५० रहेको छ। दिक्षित हुनेमा कला संकाय तर्फ २०४,कानुन तर्फ ४९७,शिक्षाशास्त्र तर्फ ९०६, व्यवस्थापन तर्फ २२४९,चिकित्सा शास्त्र तर्फ २१९८,बिज्ञान तथा प्रविधि तर्फ ६५४ र इन्जिनियरिङ तर्फ १४४२ जनालाई दीक्षित भएका छन्।
यसरी नेपालको मानव पुँजी निर्माणमा यस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेलेको प्रष्ट देखिन्छ। अनेकौं सम्भावनायुक्त कोशी प्रदेशमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय अध्ययन, अनुसन्धानका लागि देशकै नमूना केन्द्र बन्न सक्नेछ भन्ने नेपाल सरकारको अपेक्षा रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति ओलीले विश्वविद्यालयले अघि सारेको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि नेपाल सरकारका तर्फबाट सहयोग प्राप्त हुने प्रतिबद्धता व्यक्त गरे।
साथै, उनले पूर्वाञ्चल विश्वविद्यालय ऐनमा समयानुकुल परिमार्जन एवं संसोधनका लागि समेत नेपाल सरकारबाट आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउने बताए। गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा मेडिकल कलेज सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध होस् भन्ने यस क्षेत्रका नागरिकहरूको आकाङ्क्षालाई साकार पर्ने उनले बताए । त्यसका लागि समन्वयात्मक रूपमा स्पष्ट कार्ययोजनाको तर्जुमा गर्न र आवश्यक स्रोत साधन जुटाएर मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया अगाडि बढाईने बताए।
विश्वविद्यालयले खासगरी जलवायु परिवर्तन, जैविक विविधताको अनुसन्धान,प्राकृतिक स्रोतसाधन र परम्परागत ज्ञानसीपको संवर्धन गर्दै कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत विशेष योगदान पुऱ्याउन सहयोग गर्ने बताए ।
त्यसैगरी विद्यार्थीहरूका लागि जीवनोपयोगी र आत्मनिर्भर बनाउन सक्ने शिक्षा प्रणालीको विकास गर्दै अलैंची, चिया, रुद्राक्ष, जडिबुटी, जुट, फलफूल लगायतका मौलिक एवं रैथाने बालीहरूका बारेमा नवीनतम् खोज, अनुसन्धानका साथै कृषि उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच बिस्तारका लागि समेत महत्वपूर्ण योगदान दिन अनुरोध गरे। प्रधानमन्त्रीले दिक्षित हुने सबै विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई धन्यवाद दिए। उनले दुई नवनिर्मित भवनको उद्घाटन पनि गरेका छन्।